गाउँपालिका अध्यक्ष,उपाध्यक्षले कृषकको रोपाँई गर्दै दिवश मनाए ( भिडियो )

धान दिवस तथा रोपाइँ दिवस बान्नीगढी जयगढ गाउँपालिकामा पनि मनाईएको छ ।
गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि लगायतको समुह कृषकको रोपाईमा सहभागी भई गाउँपालिकामा धान तथा रोपाँई दिवश मनाईएको हो ।
खसोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवशको अवशरमा बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर खड्का,उपाध्यक्ष लोक बहादुर साउँद,वडा अध्यक्ष कर्मचारी लगायतले गाउँपालिकाको वडा नम्बर २ मा कृषकको खेत रोपाँईमा सहभागीता जनाएका छन ।
‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ मनाईएको दिवशको अवशरमा कृषक स्थानिय भद्र ठकुल्लाको रोपाँईमा सहभागीता जनाउदै गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काले बाउसेको रुपमा काम गर्नु भएको थियो । यस्तै गाउँपालिका अध्यक्ष लोक बहादुर साउँदले गोरु जोत्दै रोपाँईमा सहभागीता जनाउनु भएको थियो ।