Techie IT

६५ लाखको लागतमा बयालपाटा अस्पतालमा पानीको डिप बोरिगं निर्माण हुदैँ


पूर्ण बहादुर खड्का, १७ असार अछाम ।
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालमा पानी डिप बोरिगंको सिलान्यस गरिएको छ । साँफेबगर नगरपालिका तथा नेपाल हाईडो कन्ट्रक्रसन प्रा.ली को सयूक्त लागतमा पानी डिप बोरिगंका काम सुरु भएको हो ।

साँफेबगर नगरपालिकाको ४० लाख तथा नेपाल हाईडो कन्ट्रक्रसन प्रा.ली. को २५ लाख गरी जम्मा ६५ लाखको लागतमा उक्त कार्य सम्पन्न हुने बयायलपाटा अस्पतालका सिनियर निर्माण सहायक जीवन बोहराले बताउनु भयो ।

आज मंगलबार बिहान बोरिगं निर्माण कार्यको सिलान्यास भएसंगै काम अघि बढाईएको उहाँको भनाई छ । बयालपाटा अस्पतालले पानीको समस्या बिगत बर्ष देखी भोग्दै आएको अवस्थामा स्थानिय सरकार तथा प्राईभेटको कम्पनीको लागतमा अस्पताललाई निशुल्क रुपमा पानीको समस्या समाधान गर्ने गरी कामको सुरुवात भएको नगरपालिकाका प्रमुख कुलबहादुर कुवँरले बताउनु भयो ।

अस्पतालले निशुल्क रुपमा यस क्षेत्रका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गरिएकोमा सबैलाई अवगत नै उहाँले भन्नुभयो तर पानीको समस्या भएकाले हामीले यो पहल गरेका हौँ । अस्पताललाई दिर्घकालिन रुपमा संचालन गर्नका लागि सबैको आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा समेत उहाँको जोड थियो ।

साथै मेयर कुवँरका अनुसार डिप बोरिगंबाट अस्पताललाई पूर्णरुपमा पानी आपुर्ति भएमा बचेको पानी अस्पताल क्षेत्रका ब्यापारी तथा अन्य स्थानियलाई पनि दिन सकिनेछ ।

सिलान्यास कार्यमा बोल्दै नेपाल हाईडो कन्ट्रक्रसन प्रा.ली.का प्रमुख शंकर तिरुवाले यस क्षेत्रमा पानीको पहिले देखी नै समस्या रहेको कुरा आफुलाई जानकारी थियो र आफ्ना अग्रजको सपना पनि पानी आपूर्ति गर्नुपर्ने रहेकाले आज उक्त कार्य गर्न लागेको बताउनु भयो ।

साँफेबगर नगरिपालिका तथा वडा नंं. ७ को पहलमा उक्त कार्य गर्न लागेको भन्दै तिरुवाले जनताले निशुल्क रुपमा सेवा पाएकोले आफुले पनि सहयोग गर्न पाउदाँ खुशी लागेको बताए ।

सिलान्यास कार्यक्रममा अस्पताललका संचालन प्रमुख तिलकमान बोहराले बिगतका दिनमा दैनिक सेवा संचालनमा पानिको सहज आपूर्ती गराउन नसक्दा समस्या आएको उल्लेख गर्दै अब डिप बोरिगंबाट पानि संचालन भएमा सहज हुने र संस्थाको हरियाली अस्पताल बनाउने योजनाले पनि साकार पाउने आशा व्यक्त गर्नुभयो ।

संसथाले यो कार्यको लागि सहयोग गर्ने स्थानिय सरकार तथा कम्पनीलाई धन्यबाद समेत ज्ञापन गरेको छ ।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!