अछाममा बस दुर्घटना – यस्तो छ क्षतिको बिवरण

अछाम ।
अछामको साफेबगर नगरपालिका वडा न २ को झकालेमा बस दुर्घटना भएको छ । बस दुर्घटना हुदा१५ जना घाईते भएका छन भने ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
महेन्द्रनगर बाट बाजुराका लागी छुटेको पवनदुतको ना ७ ख २५ ६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको छ । घाईतेहरुको उद्धार गररे बयालपाटा अस्पताल लगीएको स्थानीय सेत बहादुर भुलले बताउनुभयो ।
गाडी विपरित दिशाबाट आईरहेको अर्कोगाडीलाई साईड दिनेक्रममा सडकभासिदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।