बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा गरेका व्यत्तीको उपचारमा प्राथमिकता

न्याय हेल्थ नेपालद्धारा संचालित बयालपाटा अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीलाई उपचारमा प्राथमिकता दिन सुरु गरिएको छ ।

स्वास्थ्य बिमा गरेका बिरामी अस्पतालमा आएमा नाम दर्ता देखी सबै किसिमका उपचारमा पहिला पालो दिन थालिएको हो । बयालपाटा अस्पतालका तथ्याकं तथा सुचना अधिकृत दिपक बिष्टका अनुसार स्वास्थ्य बिमा गरेका बिरामी आएमा नाम दर्ताको लाईनलाई छुट्टै बनाएर दर्ता प्रक्रिया छिटो गरी उपचारमा पनि छिटो छरितो सेवा प्रदान गरिएको छ ।

बयालपाटा अस्पतलामा सबै किसिमको उपचार निशुल्क भएकाले उपचारमा पहिलो पालो दिएर बिमा गरेका सेवा ग्राहीलाई राहत दिन थालिएको र थप उपचारका लागि अन्यन्त्र जानुपर्ने अवस्था आउदाँ उक्त बिमा बाफत एक लाख सम्मको उपचार पाउन सक्ने बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर बिकाश गौचनले बताउनुभयो ।


अछाममा हाल सम्म जना २१ हजार ६ सय ८ जनाले स्वास्थ्य बिमा गरेका छन भने सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको संख्या १ लाख ९१ हजार ८ सय ५३ पुगेको छ । सुरुमा स्वास्थ्य बिमा गरेकाले उपचार गराए बाफत ५० हजार सम्मको खर्च उपलब्ध गराउने गरिएकोमा हाल उक्त रकमलाई सरकारले दोब्बर अर्थात एक लाख पुर्याएको छ ।

बर्षको एक पटक २५ सय रुपयाँ बिमाकं शुल्क तिरेमा एक घरपरिवारका ५ जनाले एक बर्षको अवधिमा एक लाख सम्मको स्वास्थ्य उपचार पाउने प्रावधान सरकारले बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker