जयगढमा बिद्युत युनिट कार्यालय नहुदा स्थानीयलाई सास्ती ( अडियो )

वान्नीगढी जयगढ गाउँपालीकामा बिद्युत महसुल बुझाउन युनिट कार्यालय नहुँदा सेवाग्राहिलाई सास्ती भईरहेको छ । बान्नीगढी जयगढ गाउँपालिकामा बिद्युत युनिट कार्यालय नहुदा स्थानीयहरु बयालपाटा र मम्गलसैनमा गएर बिद्युत महशुल बुझाउन बाध्य भईरहेका हुन ।

मासीक रुपमा न्युननत ३० रुपैया बिद्युत महशुल बुझाउन २ सय देखि ५ सय खर्च गरेर स्थानीयहरु जिल्ला सदरमुकाम मँगलसैन र बयालपाटा धाउने गरेका छन बिद्युत महशुल बुझाउनकै लागी घण्टौ खर्च गरेर मँगलसैन जानुपर्ने बाध्यताका कारण निकै समस्या भईरहको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिकाका स्थानिय भिमसेन ताम्राकारले बताउनुभयो ।

मासीक रुपमा बिजुलीको महसुल तिर्न जादा महशुल भन्दा पनि गाडी भाडमा बढि रकम खर्च हुने गरको र भनेको समयमा गाडी नपाउदा समस्या भईरहेकाले जयगढमै बिद्युत युनिट कार्यलय स्थापना गर्न पहल गर्नुपर्ने वडा नम्बर ३ का गीता ठकुल्लाले बताउनु भएको छ ।

जयगढमा बिद्युत युनिट कार्यालय नहुदा स्थानीयलाई सास्ती भईरहेका बिषयमा गाउँपालिका र आफु जानकार रहेको बताउदै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले समस्या समाधान गर्न पहल गरिरहेको बताउनु भएको छ । जयगढमा बिद्युत युनिट कार्यालय स्थापनाका लागी नेपाल बिद्युत प्राधिकरणसँग समन्वय भईरहेको उहाको भनाई छ ।

बिजुलीको न्युनतम मासीक शुल्क ३० रुपैया बुझाउनकै लागी स्थानीयले घण्टौ समय सँगै ५ सय रुपैया सम्म खर्च गर्नुपर्ने बाध्यता भईरहदा पनि यस बिषयमा गाउँपालिकाले कुनै पहल नगर्नु दुखद कुरा हो । स्थानीयको सहजताका लागी जयगढमा बिद्युत युनिट कार्यालय स्थापन गर्न गाउँपालिकाले पहल गर्न जरुरी छ ।

रिपोर्ट :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker