यीनै हुन गाउँपालीका उपाध्यक्ष जसले आफ्नै वडामा २३ वटा योजना भित्रयाए (कुराकानी सहित )

आवश्यकताका आधारमा योजना ल्याएको दावी

अछामको बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले आफ्नै वडामा २३ वटा बिकासे योजना ल्याएका छन ।

गाउँपालिका उपाध्यक्ष साउँदले बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ बर्दादेवीमा सुदूरपश्चिम प्रदेश सरकारबाट २३ वटा योजना ल्याएका हुन । आर्थिक बर्ष २०७५।७६ को असार मसान्त सम्ममा उनले बिभिन्न शिर्षकमा साना तथा ठुला योजना गरि २ करोड ५३ लाख बजेट बरावरका योजना आफनै वडामा भित्र्याएका छन ।

५ लाख देखी ३० लाख रकम सम्मका योजना मध्य अधिकाँस योजनाको काम सम्पन्न भईसकेको छ भने केहि योजना कार्यान्वयनको अन्तिम चरणमा छन ।

उपाध्यक्ष साउँदको वडा गाउँपालिकाको बडा नम्बर ३ बर्दादेवीमा नन्दामाता आधारभुत विद्यालयका लागी ५ लाख, सरस्वती माद्यामिक विद्यालयमा ५ लाख,जनज्योती आधारभुत बिद्यालय खेल मैदानमा ५ लाख ,नवदुर्गा आधारभुत विद्यालयमा १६ लाख,सरस्वती मन्दिर जयगढका लागी ५ लाख,छातासैन ताल सँरक्षणका लागी ५ लाख,छिपेखोला धम्कोटिमाडु गोरेटो बाटोका लागी ५ लाख,जयगढ नन्देगडा ग्रामिण सडक निर्माणका लागी १५ लाख,जयगढ बेल्पाटा ग्रामिण सडकका लागी २० लाख,जयगढ चान्नेगडा ग्रामिण सडकमा २० लाख,अन्तरमुहान खानेपानी योजनामा ७ लाख, सेरा ठकुल्लाबाडा सिचाँई योजनामा ५लाख,ल्वारखेत सिँचाई योजनाका लागी ५ लाख बजेट सुदुरपश्चिम सरकारबाट बिनियोजन भएको छ ।

यसै गरि देउचुला तटवन्धनमा २० लाख,जसुकाना सिचाई योजनाका लागी ५ लाख,पौवाखोला तटवन्धनका लागी ३० लाख,बागकर्रा सिँचाई योजनामा २० लाख,धनधारे खानेपानी योजनाका लागी २० लाख,जयगढ मालुकाट्टे बराईती लेक सडकमा २५ लाख, बागेश्वरी आधारभुत विद्यालयका लागी १६ लाख,जयगढ छातासैन सडक निर्माणका लागी ५ लाख,जयगढ नन्देगडा सडकमा ( दोस्रो पटक थप ) ५ लाख रकम प्रदेश सरकारले बिनियोजन गरेको हो ।

गाउँपालिको उपाध्यक्ष साउँद सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा निकट मानिन्छन । अर्थमन्त्री बोहरा निकट भएकै कारण गाउँपालिका उपाध्यक्ष साउँदले पहुँचको आधारमा आफ्नो वडामा मात्रै २२ वटा योजना ल्याएको स्थानीयको बुझाई छ । गाउँपालिका उपाध्यक्ष साउँदले वडाको बिकासका लागी २२ वटा योजना भित्र्याएको कतिपय खुसी छन भने कतिपयले पहुँचका आधारमा योजना भित्र्याएको बताउने गरेका छन ।

यसै बिच वडा नम्बर ३ बर्दादेवीकै स्थानिय खेमराज साउँदले पहुँचका आधारमा आफ्नै वडामा २२ वटा योजना ल्याउन उचित नभएको बताउनु भएको छ । पहुँच र शक्तिकै आडमा योजना ल्याउने काम हुँदा योजनाको गुणस्तरतामा आशँका पैदा हुनुका साथै योजनाको औचित्यमा प्रश्न चिन्ह खडा हुने उहाले बताउनुभयो ।

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले भने पहुँचका आधारमा नभई आवश्यकताका आधारमा योजना ल्याईएको बताउनु भएको छ । भौगोलिक बिकटता र जनसँख्यालाई मध्यनजर गर्दै वडामा आवश्यकताका आधारमा योजनाहरु ल्याईएको उहाले दावी गर्नुभयो । यसै बिच आज हामीले योजनाका बिषयमा उपाध्यक्ष साउँदसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी…..

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker