अछाममा बाघको आतंक

अछामको मंगलसैन नगरपालिका २ मिस्तुरुमा जंगली जनावर बाघले आतंक मच्चाएको छ ।
वडाको गोलाघाट लेखमा बाघले स्थानीयका पशुचौपाया निरन्तर आक्रमण गरेर मार्न थालेको हो । बाघले गोठमै पसेर तथा जंगलमा चराँउन लगेको समयमा बाख्रा मार्ने गरेको स्थानीयले बताएका छन ।
बाघले ४ दिन यता स्थानीय किसानका ७ बाख्रा मारेको छ भने ५ बाख्रा अझैं हराईरहेको वडानम्वर २ का अध्यक्ष मानबहादुर बोगटीले बताँउनुभयो ।
बाघले स्थानीय कम्माने कामीका ५ बाख्रा र बासु कामीका २ बाख्रा मारिदिएको उहाँको भनाई छ ।
गोलाघाट लेखमा चराँउन लिएको अवस्थामा कम्माने कामीका ५ बाख्रा हराएका भन्दै उहाँले बाघले मारेको हुनसक्ने आशंका रहेको बताँउनुभयो ।
बाघले निरन्तर गोठमा पसेर बाख्रा मार्ने तथा जंगलमा पनि आक्रमण गर्ने गरेकोले स्थानीयवासि पनि त्रसित रहेको वडा अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस