चौरपाटिमा सिलाई कटाइ तालिमका सहभागीलाई मेशिन प्रदान

स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने उदेश्यले आयोजना गरेको सिलाइकटाइ तालिमको आज चौरपाटी गाउँ पालिका वडा नम्बर १ को गैरिलेक बजारमा सप्पन्न भएको छ । बैशाख १८ गते सुरु भएको सिलाइकटाइ तालीमको असार २० गते समापन भएको तालिममा बान्निगढी जयगढ गाउँ पालिका र चौरपाटी गाउँ पालिका २१ जनाले भाग लिएका थिए ।
तालिमको समापनमा प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले सिकेको सिपलाइ उपयोग गरि व्यबहारमा लागू गर्न तालिमका सहभागीलाई आग्रह गर्नु भयो । चौरपाटी गाउँ पालिका र वाक नेपाल बुलगारी परियोजनाको साझेदारीमा संचालन गरिएको तालिमका सहभागीलाई सिलाइ मेशिन आइरन कैँची समेत प्रदान गरिएको वाक नेपाल बुलगारी परियोजनाका कार्यक्रम संयोजक चन्द्रबहादुर शाखीले बताउनु भयो
तालिमको समापनमा चौरपाटी गाउँ पालिका संयोजक धनबहादुर थापा वाक नेपालका चन्द्रबहादुर शाखी तालिमका सभागि लगाएतले बोल्नु भएको थियोे । चौरपाटी गाउँ पालिका वडा नम्बर १ का वडा अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन वाक नेपाल बुलगारी परियोजनाका सामाजिक परिचालक क्षेत्र खड्का ले गर्नु भएको थियोे ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस