रामारोसन ६ भटाकाटियामा २१ विपन्न बालबालिकालाइ सहयोग

रामारोसन गाउँपालिका वडा नम्वर ६ भटाकाटियामा २१ जना बालबालिकालाइ सहयोग गरीएको छ । वडा बाल संरक्षण समितिको सहयोगमा अनाथ,टुहुरा ,अपांग, एचआईभी सङ्क्रमित २१ जना बालबालिका लाई ४ हजार बराबरको शैक्षिक सामाग्री ,लुगाकपडा र खाद्यान्न सहयोग गरिएको हो ।
बालाबालिका लाई शिक्षा क्षेत्रमामा असहजता नहोस भन्ने उदेश्यले सामाग्री बितरण गरिएको हो ।
वडा बाल संरक्षण समितिका संयोजक महाबिर साउदको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिती दलित वडा महिला सदस्य गोरिकला बिक रहनु भएको थियो । कार्यक्रममा नेकपाका अमर बहादुर साउद सफल, स्वास्थ चौकी इन्चार्ज दिपक खनाल,पुर्ण चन्द्र माबीका सहशिक्षक प्रताप बुढा ,गतिशील सहकारी सस्था का प्रबन्धक बल बहादुर साउद,महिला प्रतिनिधि मन्दरी साउद लगायत सम्पुर्ण सरोकारवालाको उपस्थिति रहेको कार्यक्रमको सन्चालन शेर बहादुर साउदले गर्नु भयको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस