भ्रष्टाचार न्युनिकरण गर्नुपर्नेमा अध्यक्ष खड्काको जोड

शुसासनका लागी साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिकालाई पारस्परिक जवाफदेहि तथा शुसासनमैत्री गाउँपालिका बनाउने उद्धेश्यका साथ गठित साझेदारी मञ्चको बैठक सम्पन्न भएको छ ।

एफ.एम.डि.सि. बिकास र सामाजीक परिवर्तनका लागी सञ्चार पारस्कपरिक जवाफदेहिता परियोजना अन्तर्गत गठित साझेदारी मञ्चको बैठक बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्काको अध्यक्षतामा भएको बैठकबाट बिभिन्न निर्णय गरिएका छन ।

बान्नीगढी जयगढ गाउँपालिकालाई शुसानमैत्री गाउँपालिका बनाउन लागी पर्ने निर्णय गरिएको छ । जस अन्र्तगतत बान्नीगढी जयगढ गाउँपालिकामा भएका कृयाकलापबारे हरेक ३ महिनाको एक पटक सुचना सार्वजनिक गर्ने ,कृषी बाली गर्न कृषकहरुलाई जागरुक बनाउने र शुसासन निति कार्यान्वयन गर्ने निर्णय गरिएको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउँदले एफ.एम.डि.सी नामक सस्ँथाले शुसासनका लागी रचनात्मक सुझाव प्रदान गर्दै आएको बताउनुभयो । शुसासनमैत्री गाउँपालिका बनाउन पुरा गर्नुपर्ने सुचाँकका बिषयमा जानकार रहदा पनि कर्मचारी अभाव,लगायतका कारणले सोचे जस्तो काम गर्न नसकिएको उहाको भनाई छ ।

गाउँपालिका अध्यक्ष खड्काले भने गाउँपालिकालाई शुसासन मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै आवश्क क्रियाकलाप सँचालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

हरेक ३ महिनामा सार्वजनीक समिक्षा, बाली बिमाका लागी कृषकहरुलाई जागरुक बनाउने र शुसासन निति पुर्ण रुपमा पालना गर्ने उहाले बताउनुभयो । शुसासनमैत्री गाउँपालिका बनाउन सवै भन्दा पहिले भ्रष्टाचार न्युनिकरण गर्नुपर्नेमा गाउँपालिका अध्यक्ष खड्काले जोड दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker