Techie IT

अछामका १२ वटा वडा कार्यालयमा ताला कसरी लागे हेर्नुहोस: प्रचा सहित


विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दि गरेको छ । पार्टीको सेती महाँकाली ब्यूरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दि गरिएको हो ।

मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ ।

“पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दि गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दि गरिएको हो ।” श्रोतले भन्यो । यता मंगलसैन नगरपालिका वडानम्वर १ का वडा अध्यक्ष गोपाल थापाले कार्यलयको ताला तोडेर छुट्टै ताला झुण्ड्यायको जानकारी दिनुभएको छ ।वडा कार्यालयमा तालाबन्दि कसले र कतिबेला गरेको हो भन्ने जानकारी नभएको भन्दै थापाले राती नै लगाएको हुनसक्ने बताउँनुभयो ।

“वडा कार्यालयको ताला तोडेर नजिकै फालिएको छ, र अर्को ताला लगाईएको छ ।” वडा अध्यक्ष थापाले भन्नुभयो “संगै दलाल पुजीवादी संसदीय ब्यावस्था अन्त्य गरौं, सामाजिक दलाल पुजीवादी सरकार खारेज गरौं, नेपाल कम्यूनिष्ट पार्टी सेती महाँकाली ब्यूरो भनेर पर्चा टाँसिएको छ ।”


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस