Techie IT

अछाममा करेन्ट लागेर १८ वर्षिय युवकको मृत्यु


अछाममा करेन्ट लागेर एक युवकको ज्यान गयको छ । कमलबजार नगरपालिका ६ बिरपथको डुप्के कुणेला भन्ने ठाउमा आईतवार साझ साढे ६ बजेतिर स्थानीय नरजित जनालनका छोरा १८ वर्षिय विकास जनालाको करेन्ट लागेर मृत्युु भएको हो ।

रोपाई सकेर घर आउने क्रममा विद्युतको पोल नजीक गोरु ढलेपछि के भयो भनेर त्यहि गयका विकासलाई एक्कसी ढलेका र आगलागि भएको मृतकका अङ्कल धनबहादुर जनालाले जानकारि दिनुभयो । पालेनजिक बगिरहेको पानिमा हिड्ने बेला करेन्ट लागेकोले पोलबाट बिद्युत प्रवाह भएको अनुमान गरिएको छ ।

करेन्ट लागेपछि आगो समेत सल्केको र विकासको दुबै खुट्टा समेत जलेको धनबहादुरले बताउनुभयो । करेन्टबाट विकास सङै एक गोरु पनि मरेको उहाले जानकारी दिनुभयो ।

घट्नाबारे जानकारी पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरिक्षक कलेन्द्रबिक्रम शाहिको नेतृत्वमा प्रहरी टोलि घट्नास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । बिद्यामन्दिर मावि विनायकमा आईयसी एजि अध्यनरत विकास बिदामा रोपाइ गर्न घर आयका थिए ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!