Techie IT

बिप्लव माओबादिले वडा कार्यालयमा किन लगायो ताला ? कुराकानी


विप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दि गरेको छ ।

पार्टीको सेती महाँकाली ब्यूरोका नाममा बिभिन्न स्थानीय तहका वडाहरुमा तालाबन्दि गरिएको हो ।

मंगलसैन नगरपालिकाको वडानम्वर १ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्वर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडानम्वर २ भुलु र ७ तोषि, पञ्चदेवल बिनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडानम्वर ३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दि गरिएको विप्लव समूह निकट श्रोतले जानकारी दिएको छ ।

पार्टीको घोषित नीति अन्र्तगत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दि गर्ने कार्यक्रम अनुरुप पहिलो चरणमा वडा कार्यालयहरुमा तालाबन्दि गरिएको नेकपा माओवादि अछामका जिल्ला कमिटि सचिवालय सदस्य शौगातले बताउनु भयो । यसै बिच वडा कार्यालयमा तला लगाईएको बिषयमा सहकर्मी धनराज साउँदले नेकपा माओवादि अछामका जिल्ला कमिटि सदस्य शौगातसँग कुराकानी गर्नु भएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!