हिंसा र विभेद अन्त्य गर्न मंगलसेनमा अभिमुखिकरण

महिला र पुरुष भएकै कारण हुने हिंसा अन्त्यका लागि मंगलसेन नगरपालिका–४ बोगटीगाउँमा वडास्तरीय एकदिने अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

वडा नम्बर ४ का कार्यवाहक वडा अध्यक्ष लोकेन्द्र केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महिला र पुरुष भएकै कारण हुने हिंसा र विभेद अन्त्यमा अभिमुखिकरण गरिएको हो । अभिमुखिकरणपछि महिला तथा पुरुषमा हुने हिंसा वा विभेदमा कमी आउन सक्ने अनुमान गरिएको छ ।

अभिमुखिकरणमा विन्दु रावल र लक्ष्मी सोवले लैङ्गिक हिंसा, त्यसका कारण, हालका कानुन र कानुनी प्रक्रियाका बारेमा महिलाहरुलाई तालिम दिनुभएको छ । उक्त तालिमका क्रममा सहभागी महिलाहरुले आफुहरु महिला भएकै कारण भोग्नु परेका समस्याका बारेमा छलफल गर्नुभएको थियो ।

घरभित्र हुने र घरबाहिर, कार्यास्थलमा महिलामाथि हुने हिंसा तथा विभेदका बारेमा महिलाहरुले जानकारी लिएका छन् । तालिममा वडा नम्बर ४ का ६० भन्दा बढी महिलाहरु सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker