Techie IT

कमलबजारमा स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन नगरेको प्रति ढाँकुका स्थानियको आपत्ति


कमलबजार नगरपालिका वडा नम्वर ८ ढाकु स्वास्थ्य चौकिको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वडा सदस्य पानसरा नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ क्षेत्रबाट प्रबाह भएका सेवा सुबिधाको बारेमा समुदायमा जानकारी गराइएको थियोे ।छलफल कार्यक्रममा बोल्दै सहभागिहरुले कमलबजार नगरपालिका तथा वडा कार्यालयले स्वास्थ्य क्षेत्रको लागि बजेट बिनियोजन नगरेकाले आपत्ति जनायका छन ।

स्वास्थ्य चौकी को बर्थिङ सेन्टरमा आवश्यक सामाग्री नभएकोले काम गर्न कठिनाइ भएको अनमि लक्ष्मी बिष्टले बताउनु भयो । स्वास्थ्य क्षेत्रका समस्या हरुको समाधान गर्न चासो नभएको आगामी दिनमा स्वास्थ्य संस्थाका समस्याहरुको समाधान गर्न सहभागी हरुले आग्रह गरेका छन् ।

कमलबजार नगर स्वास्थ शाखाको समन्वय,र ढाकु स्वास्थ्य चौकिको आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य चौकिको बार्षिक प्रगति प्रतिवेदन स्वास्थ चौकी इन्चार्ज तेजबहादुर बिष्टले प्रस्तुत गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस