Techie IT

बान्नीगढी जयगढ गाउँपालिकाको बजेट निराशाजनक – महत्वकाँक्षी र आशा लाग्दा योजना शुन्य ( भिडियो )


बान्नीगढी जयगढ गाउँपालिकाको आउदो आर्थिक बर्षको बार्षिक बजेट निराशाजनक देखिएको छ ।

आर्थिक बर्ष २०७६।७७ को लागी गाउँ सभामा अनुमोदन भएको २६ करोड ७२ लाख २८ हजार बराबरको बजेट निराशाजनक देखिएको हो ।

बजेट मध्य चालु तर्फ ६ करोड ३६ लाख ७१ हजार,शसर्त अनुदानमा ११ करोड ९६ लाख र पुँजीगत तर्फ ८ करोड ४९ लाख बरावरको बजेट बिनियोजन गरिएको छ ।

आर्थिक बर्ष २०७६।७७ मा बान्नीगढी जयगढ गाउँपालिकाको बार्षिक निति तथा कार्यक्रममा कुनै पनि महत्वकाँक्षी योजना नदेखिएका कारण बजेट निराशाजनक रहेको स्थानीयले बताएका छन ।

आउदो आर्थिक बर्षका लागी बिनियोजीत बिकासे बजेटमा अधिकाँस योजना बितरणमुखी योजना रहेका छन । सवै भन्दा बढि बजेट बिनियोजीत भएको प्राविधिक शिक्षालयका लागी जम्मा १५ लाख बजेट बिनियाजन गरिएको छ । बजेटका हिसावले सोहि योजना नै गाउँपालिकाको महत्वकाँक्षी योजना हो ।

साना साना योजनामा रकम बिनियोजीत गरिएका कारण बिकास तर्फ कुनै पनि महत्वपुर्ण उपलव्धी हाँसील हुने सम्भावना देखिदैन ।

बान्नीगढी जयगढ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शैलेसराज ढुँगानाले वडाबाट ठुला तथा महत्वकाँक्षी योजना आउने अपेक्षा गरेकामा बितरणमुखी योजना आएका कारण समस्या भएको बताउनुभयो ।

गाउँपालिकाको शाखाहरु मार्फत बिभिन्न कार्यक्रम सँचालनका लागी गरिएको बजेट बिनियोजनबाट भने दिर्घकालिन फाईदा पुग्ने गरि नतिजा आउने अधिकृत ढुँगानाले अपेक्षा गर्नु भएको छ ।

आउदो आर्थिक बर्षका लागी बान्नीगढी जयगढ गाउँपालिकाको गाउँसभाले जनसँख्याका आधारमा वडा नम्बर ६ दर्ना,वडा नम्बर ५ कालिका र वडा नम्बर ३ बर्दादेवीका लागी प्रत्येक वडालाई ६० लाख बजेट उपलव्ध गराएको थियो भने वडा नम्बर १ गाज्रा, वडा नम्बर २ जनालीकोट र वडा नम्बर ३ तिमिल्सैनका लागी ४५ लाख बजेट उपलव्ध गराएको थियो ।

वडालाई वजेट उपलव्ध गराए पश्चात गाउँपालिकाका लागी बचेको पुँजीगत १ करोड ८३ लाख बजेट मध्यबाट सवारी साधन खरिदका लागी ९० लाख बिनियोजन गरिएको छ । र अन्य योजनाहरु १० लाख मुनिका रहेका छन ।

यसै बिच आउदो आर्थिक बर्षको बजेट निराशाजनक हुनुको कारण के हो भनेर सहकर्मी धनराज साउँदले गाउँपालिका उपाध्यक्ष तथा योजना तर्जुमा समितिका सँयोजक लो बहादुरलाई साउदलाई सोध्नुभएको छ ।

हेरौ यो भिडियो


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!