अछाममा बाल बिवाह कम हुँदै आएपनि समस्या अझैँ कायम

अछाममा बाल बिवाह कम हुँदै आएपनि समस्या अझैँ कायम रहँदै आएको छ ।
गाउँ समाजमा अझैँ पनि बाल विवाहका घटना भईरहेको एक कार्यक्रमका सहभागि सरोकारवालाले बताएका छन् ।
मंगलसैन नगरपालिका वडा नम्बर ९ ओलिगाउँमा भएको बाल विवाह, यसको असर र न्यूनिकरणका उपायको बारेमा गरिएको सुदूर सवाल छलफलमा सभागिहरुले बाल बिवाह पहिले भन्दा कम हुँदै आएपनि समस्या अझैँ रहेको बताएका हुन् ।
कार्यक्रममा बोल्दै वडा नम्बर ९ का अध्यक्ष झपट रावलले बाल विवाह न्यूनिकरणका लागि आगामी दिनमा थप कार्यक्रमका साथ अघि बढ्ने बताउनु भयो । बालविवाह न्यूनिकरणका लागि बाल तथा युवा सञ्जाललाई परिचालन गर्ने, विभिन्न कार्यक्रम गर्ने, विवाह दर्ता तथा अन्य सेवा रोक्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा ओलिगाउँ स्वास्थ्य चौकीका अनमी रामेश्वरी रावलले बाल विवाह गर्दा विभिन्न शारीरिक समस्या हुने भन्दै अझै पनि ५÷६ जना किशोरी आमा बच्चा पाउने रहेका र उनीहरुलाई बढी जोखिम हुने बताउनु भयो । त्यस्ताको आफुले बढी चाँसो दिईरहेको उहाँको भनाई छ ।
मंगला नेरा माविका शिक्षक निर्मला रावलले विद्यालयबाटै बिबाह गरी जाने समस्या रहेको भन्दै यसको न्यूनिकरणका लागि विद्यालयका अतिरिक्त क्रियाकलाप, सडक नाटक, पाठ्यपुस्तकका माध्ययमबाट चेतना प्रवाहको काम भैरहेको बताउनु भयो । आफुले १४ बर्षको उमेरमा बिबाह गरेको अनुभव राख्दै वडा सदस्य कौशिला परियारले अब पहिले जस्तो समस्या नरहेको र सुधार हुँदै आईरहेको बताउनु भयो ।
बाल सञ्जालका सचिव करिष्मा विष्टले बाल क्लबका लागि प्रयाप्त रकम नरहेको भन्दै यसको व्यवस्था गर्न सुझाव दिनुभयो । आफुहरुको क्लबले बाल विवाह भएको पाईएमा बिबाह रद्ध गर्ने सम्मका कार्य गरेको उहाँको भनाई छ । कार्यक्रमका सहभागि किशोर किशोरीले बाल विवाह नगर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस