Techie IT

सामुदायीक अंक पत्र समिक्षा कार्यक्रम वान्नीगढी जयगढ गाउँपालीकामा सम्पन्न


सुशासन गतिविधिमा समुदायको सहभागीतिा र सेवामा थप गुणस्तरीयता भन्ने मुल नाराका साथ सामुदायीक अंक पत्र समिक्षा कार्यक्रम वान्नीगढी जयगढ गाउँपालीका मा सम्पन्न भएको छ ।

गाउँपालीकाको आयोजना वाक नेपालको सहयोग र केयर नेपालको साझेदारीमा अन्तर संवाद , सयुक्त मुल्यांकन तथा कार्ययोजना तयारी बैठक सम्पन्न भएको हो । उक्त बैठकमा समुदायमा न्याय सम्पादनको क्षेत्रमा कतीको उत्तरदायी छ, न्यायिक समिती र स्थानीय प्रहरीमा समुदाका स्थानीय सन्तुस्ट छन कि छैनन भन्ने विषयमा छलफल भएको थियो ।

गाउँपालीका अध्यक्ष राजेन्द बः खड्को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले समुदायमा कोही पनि न्यायको पहुँच बाट बन्चीत नहुने बताउनु भएको छ । उहाँले विभिन्न अपराधकि क्रियाकलाप आफ्नो गाउँ सममाजमा नै हुन नदिने कुरामा जोड दिनु भएको छ । कार्यक्रममा सिकेका सवै निति नियमहरु ब्याहारमा लागु गरे सम्बिर्द गाउँपालिका मात्र नभई सम्र्बिद नेपाल निर्माणमा पनि ठुलो टेवा पुग्ने कुरामा जोड दिनु भएको छ ।

गाउँपालिका न्यायिक समितीलाई कडा निर्देशन दिदै गाउँपालीका अध्यक्ष खड्काले न्यायिक समिती सुस्त बनेको बताउनु भयो । कार्यक्रममा अन्य अथितीहरु गाउँपालीका उपाध्यक्ष तथा न्यायीक समिती संयोजक लोक बः साउँद, न्यायिक समिती सदस्य भरत सुनार, वडा नम्बर ३ का वडाअध्यक्ष कुल बः सेट्टी, लगायत सम्पुणको सहभागीता रहेको थियो ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!