Techie IT

आफ्नै बुहारीले गरिन ६३बर्षीया सासूको हत्या


काभ्रेको धुलिखेल नगरपालिका(१ देवीटारमा एक वृद्धाको हत्या भएको छ । राति १० बजे घरायसी विवादमा ६३ वर्षीया माइलीमाया तामाङको हत्या भएको हो ।

राति १० बजे सुन्तली तामाङले भित्तामा टाउको ठोक्काइदिएर माइलीमायाको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । माइलीमाया र सुन्तली सासू(बुहारी हुन् ।

टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा राति एक बजे मृत्यु भएको थियो ।

प्रहरीले घटनालगत्तै २४ वर्षीया सुन्तली र उनको श्रीमान उनका श्रीमान ३५ वर्षीय धावा तामाङलाई नियन्त्रणमा लिएको छ ।onlinekhabar


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!