महिलाकालागी साँफेवगर नगरपालीकाद्धारा छुट्टै स्तनपान कक्ष सुरु

साँफेबगर नगरपालिकाले महिलाका लागि छुट्टै स्तनपान कक्ष बनाएको छ । महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको कार्यालयसँगै पोषणमत्री घोषणाको अन्तिम चरणमा रहेका वडा नं.१ वैद्यनाथ र वडा नं.६ भाग्यश्वरकोे वडा कार्यालय र स्वास्थ्य चौकीमाबच्चालाई स्तनपान गराउन सहज होस भनेर स्तनपान कक्ष बनाएको हो। साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वर स्वास्थ चौकीमा अनमी पदमा कार्यरत कृष्णा बुढामगरकी ९ महिने छोरी छिन् । दैनिक उनी छोरी ऐश्वर्यालाई कार्यालयमा साथमा लग्ने गर्छिन् । उनलाई कार्यालयमा सेवाग्राहिको भिडभाडमा छोरीलाई दुध खुवाउन समस्या हुने गरेको थियो ।

 

कार्यालयमा स्तनपान कक्ष निमार्ण भएसगै राहत महसुस भएको उहाँको भनाई रहेको छ । स्तनपान कक्ष भएदेखि छोरीलाई जति बेला पनी दुध चुसाउन सजिलो भएको वुढामगरको भनाई रहेको छ । अनमि वुढामगरलाई मात्रै हैन वडा कार्यालयमा सेवा लिन आउने सेवाग्राही महिलालाई पनि वच्चालाई स्तनपान कक्ष निर्माण भएपछि सहज हुँदै गएको छ । वडा कार्यालयमा आयोजित कार्यक्रममा सहभागि हुन ३ महिने छोरीलाई लिएर पुगेकी भगवती बोहराले वडामा स्तनपान कक्षमा बनेपनि दुध चुसाउन सजिलो भएको बताउनुभयो ।

कामको लागी वडा कार्यालय र स्वास्थ चौकीमा पुग्ने आफु जस्ता महिलाहरुलाई दुध खुवाउदा लज्जीत हुनुपर्ने र कुना खोज्नुपर्ने बाध्यता हटेको वोहराको भनाई रहेको छ । कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित बिभिन्न कामका लागि नगरपालिका,वडा कार्यालय र स्वास्थ चौकीमा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान कक्ष निर्माण गरिएको हो । नगरले निर्माण गरेको स्तनपान कक्षमा एकैपटक ४ जनासम्मले स्तनपान गराउन सक्ने ठाउँ छ ।

साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले कर्मचारी र सेवाग्राही दुवैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताउनुभयो । महिला कर्मचारी र सेवाग्राही महिलाले स्तनपान गराउन समस्या भोगिरहेकाले समस्यालाई बुझेर अलग्गै यस्तो व्यवस्था गरिएको नगर प्रमुख कुँवरको भनाई रहेको छ । नगरपालिकाले कार्यालय, वडा नम्बर ६ भाग्यश्वरको कार्यालय, स्वास्थ चौकी र वडा नम्बर १ बैद्यनाथको कार्यालयमा र स्वास्थ्य चौकीमा स्तनपान कक्ष निर्माण गरिएको छ । सार्बजनिक स्थानमा शिसुलाई स्तनपान गराउन वाध्य कर्मचारीलाई र सेवाग्राहीलाई स्तनपान कक्ष निर्माणले सहज भएको छ । स्तनपान कक्ष नगरका अन्य वडामा पनि बनाउन आवश्यक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker