गैरसकारी संस्था महासंघ जिल्ला शाखा अछामको वैठक मंगलसेनमा सम्पन्न

गैरसकारी संस्था महासंघ जिल्ला शाखा अछामको वैठक आज सदरमुकाम मंगलसेनमा सम्पन्न भएको छ ।

वैठकले वल्र्ड भिजन र आस्था नेपालको सहयोेगमा साउद ५ गतेदेखि ९ गतेसम्म विपद व्यवस्थापन सम्बन्धि तालिमको आयोजना गर्ने निर्णय गरेको छ ।

यस्तै वैठकले शाखासँग आवद्ध संस्थालाई सिफारिस दिने, गैरसकारी संस्था महासंघ जिल्ला शाखाको वार्षिक साधारण सभा साउन ९ गते मंगलसैनमा आयोजना गर्ने निर्णय गरेको छ । गैरसकारी संस्था महासंघ जिल्ला शाखा अछामका अध्यक्ष टंकप्रसाद ढुंगानाको अध्यक्षता वैठक सम्पन्न भएको हो ।

वैठकमा गैरसकारी संस्था महासंघका प्रदेश सदस्य लोकमान धामी, गैरसकारी संस्था महासंघ जिल्ला शाखाका पदाधिकारी सदस्य, वल्र्ड भिजनका सुरज शर्मा, आस्था नेपालका रुपबहादुर चन्द र मणिराज पाण्डको सहभागिता रहेको थियो । वैठकको सञ्चालन गैरसकारी संस्था महासंघ जिल्ला शाखा अछामका सचिव विमला शाहीले गर्नुभएको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker