बुढीगंगा नदी थुनिदा बाजुरा र अछाम उच्च जोखिममा , स्थानीय त्रासै त्रासमा रात बिताउदै

निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा नदी थुनिँदै गएको छ । नदी थुनिँदा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्ने खतरा बढेको छ ।
यस क्षेत्रका मानव बस्तीसहित कृषि योग्य जमिन डुबानमा पर्ने र मार्तडी साँफे सडक खण्ड अवरुद्ध हुने सम्भावना बढेपछि सबैलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।
वर्षात शुरु भएसँगै अछामको साँफे र बाजुराको त्रिवेणी नगर जोखिममा पर्ने गरेका छन् । त्रिवेणीको ९ पैमा र द्वारीमा पहिरो जान थालेपछि बढीगंगा थुनिँदै गएको हो ।
नदि थुनिन थालेपछि अछाम र बाजुराका सथानीय त्रासै त्रासमा रात बिताउन बाध्य भएका छन । पहिरोले नदी थुनिने जोखिम बढेसँगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अपनाइएको स्थानीय प्रशसनले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस