Techie IT

वल्र्ड भिजन वाक नेपाल को साझेदारीमा गर्भवती महिलाहरु लाई पञ्चदेवल बिनायक नगरपालीकामा सम्मान


वल्र्ड भिजन वाक नेपाल को साझेदारीमा सञ्चालीत एमसिएचएन कार्यक्रम अन्तरगत गर्भवती महिलाहरु लाई सम्मान कार्यक्रम पञ्चदेवल बिनायक नगरपालीका वडा नः ४ कालीकास्थानमा सम्पन्न भएको छ ।

वडा अध्यक्ष एबम स्वास्थ्य ब्यवस्थापन समितिका अध्यक्ष सज्जन बः शाहीको अध्यक्षतामा कार्यक्रम गरीएको थियो । वाक नेपालको आर्थिक सहयोग र कुच्ची स्वास्थ्य चौकीको आयोजनामा भएको गर्भवति सम्मान कार्यक्रममा २४ जना गर्भवति महिलाहरु लाई सम्मान गरीएको हो । प्रत्येक गर्भवति महिलालाई १ क्यारेट अण्डा,१ लिटर तेल र ब्रस बितरण गरीएको बताईएको छ ।

गर्भवति आमा बाट जन्मीने शिशु स्वस्थ्य र तन्दुरुस्त जन्मीयोस भन्ने उदेश्यले वाक नेपाल अछामले बिभिन्न वडाहरुमा सकरात्मक कार्यहरु गर्दै आईरहेको छ । सम्मान कार्यक्रममा स्वयमसेबिका,सुनौला हजार दिनका आमाहरु,जनप्रतिनिधिरु लगाएतको सहभागीता रहेको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सज्जन बः शाहीले गर्भवति आमा,अपाँग,बालबालीका को क्षेत्रमा वडा कार्यालयले सक्ने जति सहयोग गर्ने प्रतिबद्धता जनाएको वाक नेपाल एमसिएचएन परीयोजनाका फिल्ड सुपरभाईजर रञ्जना अधिकारी ले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस