समाजमा बिकृती फैलाउने जो सुकैलाइ पनि कानुनको दायरामा ल्याउन अध्यक्ष साउँदको प्रहरि लाई आग्रह

सामुदायिक अंक पत्रको समिक्षा कार्यक्रम चौरपाटी गाउँपालिकामा सम्पन्न

चौरपाटी गाउँ पालिकामा सामुदायिक अंक पत्रको समिक्षा कार्यक्रम आज सप्पन्न भएको छ ।

समिक्षा कार्यक्रममा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले गाउँ पालिकाको न्याय समिती र प्रहरी निश्पक्ष स्वतन्त्र भएर काम गरेमा आम नागरिकलाई राहत पुग्ने बताउनु भयो । कानुनको आखामा सबै नागरिक बराबर भएकोले कानुन हातमा लिएर समाजमा बिकृती फैलाउने जो सुकैलाइ पनि कानुनको दायरामा ल्याउन प्रहरि लाई आग्रह गर्नु भयो ।

वाक नेपालको निश्पक्ष तथा समतामूलक न्यायमा पहुँच सुदृढीकरण परियोजनाको आयोजनामा भएको समिक्षा कार्यक्रममा चौरपाटी गाउँ पालिकाको न्याय समिति र प्रहरी चौकी सिउड चौखुट्टेले सम्पादन गरेका काम गतिविधिको स्वमुल्याङ्कन गरि दिएका अंकका बारेमा जानकारी गराइएको थियोे ।

समिक्षा कार्यक्रममा चौरपाटी गाउँ पालिकाका वडा अध्यक्ष न्याय समितिका पदाधिकारी प्रशासकीय प्रमुख गणेश प्रसाद ढुगाना बिसयगत शाखाका प्रमुख सरोकारवालाको सहभागिता रहेको थियोे । चौरपाटी गाउँ पालिकाका न्याय समिति संयोजक माया कुवरको अध्यक्षतामा भएको समिक्षा कार्यक्रमको वाक नेपालका अरुण पाठकले सहजीकरण गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker