चौरपाटी गाउँपालीमा रिचार्ज पोखरी निर्माण अभियानको रुपमा लिईदै

जलबायु परिवर्तन संगै खाने पानीका मुहान सुक्न थाले पछि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माणलाइ अभियानका रूपमा अगाडि बढाएको छ ।
चौरपाटी गाउँ पालिका वडा नम्बर १ को सिउडी स्थित मौरे लेकमा रिचार्ज पोखरी संगै मानव निर्मित करिब ५ सय मिटर लम्बाइको ताल निर्माण गर्ने जानकारी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बताउनु भयो । मौरेको लेकमा तालको निर्माण कार्यलाइ अगाडि बढाउनका लागि गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदको नेतृत्वमा जनप्रतिनिधि राजनीतिक दलका नेता कर्मचारीले स्थलगत अध्यायन गरेको छन ।
आज बिहान गएको टोलिले मौरेको लेकमा निर्माण गरिने मानव निर्मित ताल सुदुरपश्चिम प्रदेशको नै पहिलो हुने चौरपाटी गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रशाद ढुंगानाले बताउनु भयो । जलबायु परिबर्तनका असरलाइ कम गर्नका लागि चौरपाटी गाउँ पालिकाका सात वटै वडामा रिचार्ज पोखरी संगै परम्परागत तालको संरक्षण पुननिर्माण साउनको ७ देखि ९ गते सम्म अभियानको रूपमा अगाडि बढाउन लागिएको छ ।
मौरे लेकको ताल निर्माण पछि चौरपाटी वरिपरिका पानीका मुहानको संरक्षणमा ठूलो टेवा पुग्नका साथै आन्तरिक एंब बाहय पर्यटकलाइ सजिलोसँग भित्र्याउन सकिने राजनीतिक कर्मिले दाबी गरेका छन । मौरे लेकमा निर्माण गरिने ताल संगै गंगा भवानीको ठूलो फाटमा पिकनिक स्थल निर्माण गर्नका लागि स्थानीय राजनीतिक दलका तर्फबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला कमिटी सदस्य टेकबहादुर थापाले गाउँ पालिकालाइ सुझाव दिनु भएको छ ।
अछाम जिल्ला लगाएतका अन्य जिल्लामा डिपबोरिङ्गको माध्यम बाट खानेपानी निर्माणमा जोड दिई रहेको समयमा स्थानीय तहले काम गरिरहेको समयमा चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माण लाई अभियानको रूपमा अगाडी बढाउदा सबैले चासोका साथ हेरिरहेका छन ।चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरी निर्माणलाइ अभियानका रूपमा अगाडि बढाएको छ ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस