बान्नीगढी जयगढ गाउँपालिका ५कालिकामा सामुदायीक सुचना केन्द्रको उद्घाटन

बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले शुसासन र पारदर्सिका लागी प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रत्यक नागरीकले स्थानिय तहले गरेका कामहरुको बारेमा जानकारी लिन पाउनु पर्ने नैसर्गिक अधिकार बाट कोही पनि बञ्चीत नहुनु पर्ने कुरामा जोड दिनुभयो । बान्नीगढी जयगढ गाउँपालिका वडा नम्वर ५ कालीकामा सामुदायीक सुचना केन्द्रको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै उक्त कुरा बताउनुभएको हो ।
वडा अध्यक्ष्य लाल कामीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा सेसी नेपालका सुसासन सल्लाहाकार बिनोद उपाध्याय बिशिष्ट अतिथि रहनुभएको थियो । कार्यक्रमको सुरुमा मालिका बिकास संघका जिल्ला संयोजक रतन बहादुर रावलले सुचना केन्द्रको बारेमा जानकारी गराउदै लक्षीत बर्ग र पछाडी परेका जनताहरुले सुचना केन्द्रमा आएर स्थानिय सरकारले गरेका क्रियाकपलापहरुको बारेमा जानकारी लिन सकुन भन्ने उदेश्यको लागी सुचना केन्द्रको स्थापना गरीको बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले सुचना केन्द्रको स्थापना गरेर मात्र नभई दिगो, चलाएमान र नमुना बनाउन सक्नु पर्ने कुरामा जोड दिदै स्थानिय सरकारले बिशेष पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा मालिका बिकास संघ अछामका अध्याक्ष्य सुरत कुवर लगायत जनप्रतिनिधी, राजनैतिक दलका प्रतिनिधि ,सघं संस्थाका प्रतिनिधी, शिक्षक अबिभावकहरुको सहभागीता रहेको थियो । वडा सदस्य दान बहादुर रावलको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको सञ्चालन गाउँपालिका सुचना अधिकारी बसन्त बहादुर रावलले गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ बैतडीमा चितुवा आतंक कायमै दैनिक घरपालुवा जनावर मार्न थाल्यो
- २ रामारोशनको विकासका लागि पर्यटन विकास समितिको चाँसो
- ३ जनताका आवश्वकता अनुसार पहिलो बर्षको बजेट बिनियोजन गरेको : वडा अध्यक्ष शाही (कुराकानी सहित)
- ४ सुदूरपश्चिममा थप ५४ जनामा कोरोना पुष्टि
- ५ २४ घण्टामा ५ सय ५३ जनामा कोरोना पुष्टि, ४ सय ३३ जना निको
- ६ अछाममा आईतबार १ जनामा कोरोना भाइरसको संक्रमण
- ७ पहिराेले डुम्रे–बेसीसहर र बेसीसहर-चामे सडक खण्ड अवरुद्ध
- ८ तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
प्रतिक्रिया दिनुहोस