सामाजिक जबाफदेहिता सम्बन्धि तिन दिने प्रशिक्षण तालीम चौरपाटी सप्पन्न

चौरपटी गाउँ पालिकामा आयोजना गरिएको सामाजिक जबाफदेहिता सम्बन्धि तिन दिने प्रशिक्षण तालीम आज सप्पन्न भएको छ ।
आगामी दिनम चौरपाटी गाउँ पालिकाले हरेक क्षेत्रमा काम सामाजिक जबाफदेहिता कायम गर्नका लागि कार्ययोजना सहित अघि बढ्ने प्रशिक्षण तालिमका सहभागिले प्रतिबद्धता जनाएका छन ।
प्रशिक्षण तालीमको समापनमा बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले तालिममा सिकेको सिपलाइ कार्य क्षेत्रमा लागू गरि सामाजिक जबाफदेहिता कायम गर्न तालिम सार्थक भएको बताउनु भयो । कर्मचारी र जनप्रतिनिधि लाई मात्रै तालीम दिनु भन्दा अब ग्रामीण क्षेत्रका नागरिक लाई केन्द्र भागमा राखेर आगामी तालीमको कार्ययोजना बनाउनका लागि अध्यक्ष हर्कबहादुर साउदले आग्रह गर्नु भयो ।
स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिको आयोजना जापन अन्तर्रा्ष्ट्रिय सहयोग नियोगको सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा बोल्दै गाउँ पालिकाका उपाध्यक्ष माया कुवरले तालिमले गाउँ पालिकालाइ हरेक क्षेत्रमा अघाडी बढाउन सफल भएको बताउनु भयो ।
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- २ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ३ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ४ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ५ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ८ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
प्रतिक्रिया दिनुहोस