मेल्लेख गाउपालिका कुस्कोटको सार्वजनिक सुनुवाइ कार्यक्रम

मेल्लेख गाउँपालिका वडा नम्वर ४ कुस्कोटको आर्थिक बर्ष ७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष बिर बहादुर साउदको अध्यक्षतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममा वडामा आर्थिक बर्ष ७५÷७६ मा भएका बिकास निर्माणको अवस्था, वडा बाट प्रबाह गरिने सेवा सुबिधा को बारेमा जानकारि सहितको प्रतिबेदन वडा सचिब नरेन्द्र रावलले प्रश्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उठेका सवालको बिषयमा वडा अध्यक्ष बिर साउदले उतर दिनुभएको थियो । सामाजिक अभियान प्रति उठेका सवाल माथि मेल्लेख गाउकार्यपालि सदस्य कमल देबि ताम्राकार र महिला सदस्य दिला देबि साउदले सवाल माथिको जवाफ दिनु भएको थियो ।
स्वास्थ्य क्षेत्रको सवाल सेवा प्रबाहको बारेमा स्वास्थ्य चौकि कुस्कोटका ईनचार्ज हर्क बिकले जानकारि गराउनु भयो । सार्वजनिक सुनवाइ कार्यक्रममा नेपाली काग्रेसका छत्र शाह, नेकपाका प्रतिनिधि गंम्भिर साउद, महिला संजालका बसन्ति साउद कुस्कोट बिकाश सस्थाका अध्यक्ष सुरेन्द्र साउद लगायतले प्रतिबद्ध तथा सुझाब राखेका थिए ।
वडाका कर्मचारी दल बहादुर साउदको स्वगत मन्तब्य बाट सरु भएको सार्वजनिक सुनुवाइ कार्यक्रमको संचालन लालबहादुर चदाराले गर्नु भयको थियो भने सहजि करण पत्रकार खम्म खत्रीलेले गर्नु भयो
क्याटेगोरी : समाचार, स्थानीय
धेरै पढिएका
ताजा अपडेट
- १ अपडेट डोटी बस दुर्घटना,५ जनाको अवस्था गम्भीर
- २ चितवनमा हावाहुरी, रुख ढलेर अटोरिक्सामा लाग्दा ३ जनाको ज्यान गयो
- ३ विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी
- ४ काठमाण्डौमा बालेन र चितवनमा रेनुको अग्रता कायमै,
- ५ अछामको तुर्माखाँदमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी
- ६ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ७ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ८ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
प्रतिक्रिया दिनुहोस