Techie IT

रिचार्ज पोखरि निर्माण कार्यलाई चौरपाटीले तिर्वता दियो


 

जलबायु परिवर्तनका असरलाइ न्यूनीकरण गर्नाका लागि चौरपाटी गाउँ पालिकाले रिचार्ज पोखरि निर्माण अभियान ०७६ संचालन गरेको छ ।

रिचार्ज पोखरी निर्माण अभियान साउन ७,८र९ लाई सफल पार्न सम्पुर्ण तयारिका लागि साउन ६ गते सात वटै वडामा तयारी बैठक गरि वडा अध्यक्षको नेतृत्व राजनीतिक दल कर्मचारी बुद्धिजीवीको सहभागितामा अभियान संचालन गरिएको हो ।

अभियानको पहिलो दिन साउन ७ गते बिहान ११ बजे सात वटै वडामा एकै साथ रिचार्ज पोखरी निर्माण अभियानको सुरुवात गरिएको गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जानकारी दिनु भयो ।चौरपाटी गाउँपालिकाले आजबाट रिचार्ज पोखरी निर्माण कार्यलाई तिब्रता दिएको छ ।

गाउँपालिकाका सबै टोलमा खानेपानीका मुहान सुक्दै जान थाले पछी रिचार्ज पोखरीको अवधारणा ल्याएको गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदले बताउनु भयो । रिचार्ज पोखरी निर्माण गरे सुक्न लागेका पानीका मुहानमा केही राहत हुने अध्यक्ष साउँदको दावि रहेको छ ।

गत आर्थिक बर्षमा पनि गाउँपालिकाले अभियान सञ्चालन गरि २ हजार रिचार्ज पोखरी निर्माण गरिएको र यो आर्थिक वर्षमा पनि दुई हजार थप रिचार्ज पोखरी निर्माण गरिने गाउँपालिका अध्यक्ष साउँदको भनाई रहेको छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष माया कुवँरले पुर्खाले निर्माण गरेका भैंसी बस्ने खालको संरक्षण गर्न नसक्दा पानीका मुहान सुक्न थालेको बताउनु भयो ।

पानीका मुहान संरक्षणका लागि अभियान सञ्चालन गरिएको उपाध्यक्ष कुवँरको भनाई रहेको छ । चौरपाटी गाउँपालिकाको टोली द्वारा विभिन्न वडामा निर्माण गरिएका रिचार्ज पोखरीको अनुगमन गरिएको छ ।

गाउँपालिका अध्यक्ष हर्क बहादुर साउदको नेतृत्वमा गएको टोलीले वडा नं १ सिउडिमा निर्माण भईरहेका रिचार्ज पोखरीको अनुगमन गरिएको छ ।

यस्तै टोलीले वडा न ४ पायलको पनि अनुगमन गरेको छ । अनुगमन टोलीमा उपाध्यक्ष माया कुवँर, प्रमुख प्रशासकिय अधिकृत गणेश प्रसाद ढुंगाना लगायतको सहभागिता रहेको थियो ।

रिचार्ज पोखरी निर्माणमा चौरपाटि गाउँ पालिका वडा नम्बर ४ पायलमा २४० जनाको सहभागितामा १७ रिचार्ज पोखरी निर्माण भएका छन भने गाउँ पालिका भरी करिब एक सय भन्दा बढी पोखरी निर्माण भएका छन ।


क्याटेगोरी : समाचार, स्थानीय

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस