Techie IT

चौरपाटी मा बन्यो ७ दिनमै बिरामी प्रतिक्षालय


चौरमाण्डौं प्राथमिक स्वास्थ्य केन्द्र, चौरपाटी अछाममा बिमारीका लागि प्रतिक्षालय निर्माण गरिएको छ ।

चौरपाटी गाउँपालिकाको आर्थिक सहयोग र न्याय हेल्थ नेपालको सामाग्री तथा प्राविधिक सहयोगमा बिमारीका लागि प्रतिक्षालय बनेको हो ।

प्रतिक्षालय निर्माणका लागि चौरपाटी गाउँपालिका अछामले अक्षेरुपी एकलाख रुपियाँ नगद र न्याय हेल्थ नेपाल (बयालपाटा, अस्पताल) ले एकलाख एकतीस हजार छसय एकाउन्न रुपियाँ बराबरको ४ सय ५७ केजी ५० एमएमको पुरानो स्टिल पाईप र २६ गेजको पुरानो १० वटा कर्कटपाता र प्राविधिक सहयोग प्रदान गरेको थियो ।

आर्थिक वर्ष ०७५÷०७६ को समापनको अवधिमा कामदारहरुको अभाव तथा वर्षाऋतुको कारणले निर्धारित समय भित्रै काम गर्न कठिनाई भएपनि प्रतिक्षालय निर्माण चौरमाण्डौं प्राथमिक स्वास्थ्य केन्द्रका अस्पताल व्यवस्थापक हिमबहादुर विश्वकर्माको बिशेष पहलले काम सम्पन्न भएको हो ।


क्याटेगोरी : समाचार, स्थानीय, स्वास्थ्य

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!