सामाजिक जवाफदेहिता सम्बन्धि ३ दिने प्रशिक्षण तालीम मंगलसेनमा सम्पन्न

सामाजिक जबाफदेहिता सम्बन्धि ३ दिने प्रशिक्षण तालीम मंगलसेन नगरपालिकामा सप्पन्न सम्पन्न भएको छ । आगामी दिनमा मंगलसैन नगरपालिकाले हरेक क्षेत्रमा गर्ने कामहरु लाई सामाजिक जबाफदेहिता कायम गर्नका लागि कार्ययोजना सहित अघि बढ्ने उदेश्यले तालीमको आयोजना गरीएको हो ।

हरेक क्षेत्रमा गर्ने कामहरुलाई सामाजिक जबाफदेहिता कायम गर्नका लागि कार्ययोजना सहित अघि बढ्ने प्रशिक्षण तालिमका सहभागिले प्रतिबद्धता समेत जनाएका छन । कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले स्थानीय तहका सम्पुर्ण गतिबीधि जनता प्रती उत्तरदायी हुनु पर्ने बताउनुभएको छ ।

मंगगलसेन नगरपालिकामा साउन ६ गते देखि संचालन भएको तीन दिने सामाजिक जवाफदेहि प्रशिक्षण कार्यक्रमको उदघाट्न गर्दै प्रमुख बोहराले यस्तो बताउनु भएको हो । मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्ष्यतामा भएको कार्यक्रममा स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पित कुमार श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो ।

यस्तै कार्यक्रममा संस्थाका निर्देशक जयकृष्ण श्रेष्ठ विशिष्ठ अतिथी र जाईका संस्थाका सेरा प्रोजेक्टका फिल्ड संयोजक संगिता राना लगायतको सहभागीता रहेको थियो । स्थानीय ग्रामीण बिकास प्रशिक्षण केन्द्र डोटिको आयोजना तथा जापन अन्तर्रा्ष्ट्रिय सहयोग नियोगको आर्थिक

सहयोगमा भएको प्रशिक्षण कार्यक्रममा स्थानीय ग्रामिण बिकास प्रशिक्षण केन्द्र डोटिका निर्देशक तपेन्द्र रिजालले तालिममा सिकेको सिप लाई कार्य क्षेत्रमा कार्यन्वयन गरेमा नगरपालिकामा सुशासन कायम हुने बताउनु भयो । ३ दिने तालीममा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker