गैरसरकारी संस्था महासङ् अछामको वार्षिक साधारणसभा सम्पन्न

गैरसरकारी संस्था महासङ् अछामको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

जिल्ला अध्यक्ष टङ्क ढुङ्गानाको अध्यक्षतामा भएको साधारणसभामा मङ्गलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहरा प्रमुख अतिथि रहनुभयको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले गैरसरकारी संस्था र सरकारी निकाय एक सिक्काको २ पाटाजस्तो भएको बताउनुभयो ।

स्थानीय तहले गैससलाई परिचालन गरि आफ्ना क्रियाकलाप अघि बढाउन चाहेको उल्लेख गर्दै स्थानीय तहलाई पनि गैरसरकारी संस्थाको खाचो रहेको बताउनुभयो । समाज विकास र रुपान्तरणका लागि सबैको हातेमालो जरुरी रहेको भन्दै त्यसका लागि तयार रहन गैरसरकारी संस्थालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बिशिस्ट अतिथि गैससका केन्द्रीय सदस्य पशुपति कुवर रहनुभयको थियोे । कार्यक्रममा नेकपाका जिल्ला सदस्य नमराज न्यौपाने, गैसस महासङका पुर्ब केन्द्रिय सचीव प्रकाश शाह, पत्रकार महासङ प्रदेश सदस्य पुष्प राज भट्ट, गैसस महासङ प्रदेश सदस्य लोकमान धामी, पत्रकार महाँसंघका जिल्ला सचीव होम साउद, गैसस महासङ अछामका पुर्ब अध्यक्ष खडक खड्का, वाक नेपालका कोषाध्यक्ष अप्सरा कुवर, आस्था नेपालका सल्लाहकार मातृका भण्डारी लगायतका अथितीले मन्तब्य राख्नुभएको थियो । महासङका जिल्ला कोषाध्यक्ष बिन्दु रावलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको साधारणसभामा महासङ्घका जिल्ला सचिव बिमला शाहिको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहसचिव ढकेन्द्र कुवरले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker