मेल्लेख गाउपालिका ६ षोडशाको सार्वजनिक सुनुवाइ कार्यक्रम सकीयो

मेल्लेख गाउपालिका वडा न . ६ षोडशादेबिको आर्थिक बर्ष २०७५÷७६ को सार्वजनिक सुनावाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष नरपति रावलको अध्यक्ष्यतामा भएको सार्वजनिक सुनवाइ कार्यक्रममामा प्रमुख अथिति नेकपा जिल्ला कमेटि सदस्य डम्बर नेपाली रहनु भएको थियो ।

प्रमुख अथिति नेपालिले गाउँठाउँमा हुने हरेक बिकाश निर्माणमा समुदाय र सरकारवाालाले चासो देखाउनु पर्ने र हरेक नागरिकले जिम्मेवार बहन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा आब पचत्तर छयात्तर बिकास निमाण वडा बाट प्रबाह गरिने सेवा सुबिधा को बारेमा जानकारि सहित को प्रतिबेदन वडा अध्यक्ष नरपति रावलले प्रश्तुत गर्नु भएको थियो । यसैबिच वडामा उठेका सवलको बिषयमा वडा अध्यक्ष नरपति रावलले उतर दिनुभएको थियो ।

वडामा गत बर्ष गरेका हरेक क्रियाकलाप सन्तोसजनक रहेको सरोकारवालाले बताएको छन । सार्वजनिक सुनवाइ कार्यक्रममा महिला संजालका देबसरा रावल, षोडशा निमाबिका प्रधानाध्यापक कुल बहादुर खड्का सहकारीका रतन खडका, कार्यक्रममा नेकपा प्रतिनिधि नृप बहादुर खडका, नेपाली काग्रेसका नृप खडका लगायतले प्रतिबद्धता तथा सुझाब राखेका थिए । वडा सदस्य तिलक कडायतको स्वागत मन्तब्य बाट सरु भएको सार्वजनिक सुनुवाई कार्यक्रमको संंचालन पत्रकार गंग खड्काले गर्नु भएको थियो ,भने सहजिकरण पत्रकार लालबहादुर चदाराले गर्नु भयको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker