चौरपाटी गाउँपालिका ७ मार्कुको स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न

चौरपाटी गाउँपालिका वडा नं। ७ मार्कुको स्वास्थ्य चौकीको सामाजिक परिक्षण सम्पन्न भएको छ । चौरपाटी गाउँपालिकाको आयोजनामा आर्थिक बर्ष २०७५÷०७६ मा स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवाको सामजिक परिक्षण गरिएको थियो ।
वडा अध्यक्ष गणेश बहादुर वोगटीको अध्यक्षतामा भएको सामाजिक परिक्षण कार्यक्रममा गत आर्थिक बर्ष देखि असार मसान्त सम्म भए गरेका क्रियाकलापको वारे छलफल गरिएको थियो । कार्यक्रममा वोल्दै अध्यक्ष वोगटीले स्वास्थ्य चौकीले प्रवाह गरिरहेका हरेक क्रियाकलाप पार्दशि रुपमा अघाडी बढिरहेको बताउनु भयो ।
उहाँले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको विकासका लागि वडा कार्यालय तयार रहेको बताउनु भयो । यस्तै स्वास्थ्य चौकी ईञ्चार्ज खेम बोगटीले गत अर्थिक बर्षमा स्वास्थ्य चौकीबाट दोहोरो रहने गरी ३ तिहार एक सय ९९ जनाले सेवा लिएको तथ्याङ्क सार्वजनिक गर्नु भयो ।
यस्तै गत आर्थिक बर्षमा २० गर्भवती, नेपाल सरकार र चौरपाटी गाउँपालिकाबाट प्राप्त ३५ प्रकारका औषधी, परिवार नियोजनाका अस्थायी साधनका प्रयोग बारे तथ्याङ्क सार्वजनिक गर्नु भएको थियो । यस्तै स्वास्थ्य चौकी ईञ्चार्ज वोगटीले आर्थिक बर्ष २०७५÷०७६ को १ लाख ३२ हजार ५ सय ८६ रुपैया बारे आय ब्यय प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कार्य समिती सदस्य चक्र बहादुर वोगटी, नेकपाका पार्टी प्रतिनिधी सुरत बहादुर वोगटी, नेपाली काँग्रेसका वडा सभापती तुला सिहं वोगटी, शिक्ष प्रतिनिधी प्रेम बहादुर वोगटी, महिला स्वास्थ्य स्वंयम सेविकाको तर्फबाटनन्दा देवि वोगटीले मन्तब्य राख्नु भएको थियो ।
मन्तब्य राख्नु हुने सबै बक्ताहरु स्वास्थ्य चौकीको काम पार्दशि भएको र यस क्षेत्रको भौतिक तथा आर्थिक विकासका लागि सबैले हातेमालो गर्नु पर्ने बताउनु भयो । सामाजिक परिक्षण कार्यक्रमको सञ्चालन पत्रकार कालु वोहराले गर्नु भएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य


धेरै पढिएका
ताजा अपडेट
- १ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- २ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ३ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ४ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ५ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ६ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
- ७ सरकारी गाडीमा फागुनसम्म इम्बाेस्ड नम्बर जडान गर्न निर्देशन
- ८ राष्ट्रिय पाेसाकमा शपथ लिन एमाले सांसदलाई ओलीकाे निर्देशन
प्रतिक्रिया दिनुहोस