Techie IT

ट्रयाक्टर दुर्घटनामा परी बैँकका सहायक म्यानेजरको मृत्यु


डडेल्धुरामा ट्रयाक्टर दु्र्घटनामा परी एकजनाको मृत्यु भएको छ। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित खलंगा खानेपानी ट्ङयाकी नजिकै बुधबार साँझ से २ त १०४५ नम्बरको ट्याक्टर दुर्घटना हुँदा कुमारी बैँक डडेल्धुराका सहायक म्यानेजर सुरेश विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि धनगढी ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। डडेल्धुराका प्रहरी नायव उपरिक्षक ददिराम न्यौपानेले मृतक जिल्लाको भागेश्वर गाँउपालिका वडा नम्बर ४ का स्थानयी बासिन्दा भएको बताए। ट्याक्टर सडकबाट करिव ५० मिटर तल खसेको र दुर्घटनाको कारण बारे अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताए। dineshkhabar


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!