बयलपाटामा निर्माण गरीएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण

अछामको बयलपाटामा नीर्माण गरीएको सार्वजनिक शौचालय वडा कार्यालयलाई हस्तान्तरण गरेको छ ।
बयलपाटा बजार व्यवस्थापन समीतीको आयोजनामा आज भएको एक भेला मार्फत सार्वजनिक शौचालय निर्माण समीतीले नवनीर्मीत शौचालय साँफेबगर नगरपालिका वडा नम्बर ८ को कार्यालयलाई हस्तान्तरण गरेको हो ।
शहरी भवन निर्माण डोटीबाट प्राप्त सहयोग रकम चार लाख २ हजार १ सय ४५ रुपैयाँको लागतमा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गरीएको जनाईएको छ ।
बयलपाटा बजार व्यवस्थापन समीतीका अध्यक्ष नृप कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा समीतीको आर्थिक आयव्यय समेत प्रस्तुत गरीएको छ । जस अनुरुप आर्थिक वर्ष २०७५–०७६ मा ६ हजार ९ सय रुपैयाँ आय भएकोमा ३७ हजार १ सय २० रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन सार्वजनिक गरीएको हो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस