दुर्घटनामा ज्यान गुमाउने तिमिल्सैनका आफन्तलाई वडाले राहात दिने

सवारी दुर्घटनामा परि ज्यान गुमाएका बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनका मृतकका आफन्तलाई वडाले आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।
बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ तिमिल्सैनले मृतकका आफन्तलाई आर्थिक सहायता प्रदान गर्ने भएको हो ।
वडा अध्यक्ष कर्ण बहादुर ठकुल्लाको अध्यक्षतामा भएको वडाको बैठकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका तिमिल्सैनका काले परियार, असोक परियार र उद्धव ठकुल्लाका आफन्त तथा परिवारलाई रु १० हजारका दरले आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको बान्नीगढी जयगढ गाउँपालिकाका नयाव सुव्वा तिलक ठकुल्लाले जानकारी दिनुभयो ।
भदौ ४ गते साझ रामारोशन गाउँपालिकाको मुजावगरबाट जयगढ आउदै गरेको जीप सुकिबाग नाना पीपल नजिक दुर्घटना हुदा तिमिल्सैनका अशोक परियार र काले परियारको ज्यान गएको थियो भने उद्धव ठकुल्लाको भारतमा सवारी दुर्घटना हुदा ज्यान गएको थियो ।
वडाको बैठकले मृतक प्रति श्रदाञ्जली अर्पण गर्दै दुर्घटना भएको प्रति दुःख समेत प्रर्कट गरेको छ । र मृतकका आफन्तजनमा समवेदन समेत पर्कट गरिएको छ ।