अछाममा आत्महत्या गर्नेको संख्या बढ्दो

भानु ढकाल , अछाम 

अछाममा आत्महत्या गर्नेको संख्या बर्से्नि बढ्दो क्रममा रहेको पाइएको छ ।

गत आर्थिक बर्षमा मात्र १९ जनाले आत्महत्या गरेको जिल्ला प्रहरीको तथ्यांकमा उल्लेख छ । यस आर्थिक बर्षको यो दुई महिनामा पनि १ जनाले आत्महत्या गरेको तथ्यांक रहेको छ ।

सामान्य समस्यालाई पनि ठूलो रूपमा लिने र तत्काल धैर्य गर्न नसक्ने समस्याका कारण अछाममा आत्महत्या गर्नेको संख्या बढी मात्रामा देखिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख जनक बहादुर शाहीले बताउनुभयो । प्रहरी प्रमुख शाहीका अनुसार आत्महत्याका घटनालाई केलाउँदा केहीले विष सेवन र धेरैले झुन्डिएर आत्महत्या गरेका पाइएको छ ।

जिल्लामा बढ्दै गएको आत्महत्याको संख्या र आत्महत्या गर्नेको अध्ययन गर्दा लागु पदार्थको सेबन ,गरिबी , घरायसी विवाद , पारिवारिक कलह, गरिबी , अशिक्षा, सामाजिक सञ्जालको प्रयोग तथा मानसिक स्थिती कमजोर हुनु प्रमुख कारण रहेको डिएसपी शाहीले उल्लेख गनुभयो ।आर्थिक अभाव हुन र घरपरिवारबाट सहयोग नहुदा पनि आत्हत्या गर्ने गरेको पाईएको उहाँले बताउनुभयो ।

किशोरावस्थामा असीमित अकांक्षा पूरा नभएर सानै उमेरमा बालविवाह गर्नु र सानो समस्यालाई पहाड सम्झने समस्याका कारण पनि आत्महत्याको निर्णयमा पुग्ने गरेको उहाँको अनुमान रहेको छ । यस्तै गत आर्थीक बर्षमा ६ जना तथा यस आर्थीक बर्षमा १ जनाले अत्महत्याको प्रयास गरेको पनि उहाले जानकारी दिनुनुभयो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker