डेंगी भए के गर्ने ? चिकित्सकको सुझाव

डेंगीको संक्रमण हुनासाथ नआत्तिन डाक्टरले सुझाव दिएका छन् । डेंगीको संक्रमण फैलिने क्रम बढे पनि यसबाट जोगिन र संक्रमण भइहाले निको पार्न सकिने भएकाले नआत्तिन डाक्टरले सुझाव दिएका हुन् ।
डेंगी धेरैतिर फैलिँदा सर्वसाधारणमा त्रास बढेको तर डेंगी लाग्दैमा आत्तिहाल्नु नपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बताउनुभयो ।
यो पनि पढ्नुहोस्
डेंगुको डर स् लक्षण र बच्ने उपाय
डेंगीको संक्रमण हुँदा ८र१० दिन ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीरमा डाबर आउने, टाउको धेरै दुख्ने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेशी दुख्नेलगायत लक्षण देखिने तर डाक्टरको सल्लाहमा उपचार गर्दा निको हुने भएकाले आत्तिन नपर्ने तर बेलैमा स्वास्थ्यकर्मीसँग सम्पर्क भने गर्नुपर्ने उहाँले बताउनुभयो ।
ज्वरो आउँदा सिटामोल मात्र खानुपर्ने तर फ्लेक्सन निम्सलगायतका सिटामोलको साथमा अरु तत्व पनि थप गरिएका औषधी भने खान नहुने डाक्टरले बताएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका र यसअघि पनि डेंगी भइसकेकालाई डेंगी भए बढी सतर्कता अपनाउनुपर्ने डाक्टरको सुझाव छ ।
यो पनि पढ्नुहोस्
डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह
डेंगी सार्ने एजिप्टाइ लामखुट्टे सफा पानीमा बस्ने तथा मानिसजस्तै बिहान उठ्ने दिनभरी सक्रिय हुने र बेलुका निष्कृय हुने गर्छ ।
लामखुट्टेको टोकाइबाट जोगिनु डेंगीबाट बच्ने सबैभन्दा राम्रो उपाय भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको एनटीटी तथा भ्याक्टर बर्न रोग शाखाका प्रमुख डाक्टर घनश्याम पोखरेलले बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
ताजा अपडेट
- १ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- २ कांग्रेसले बान्नीगढी जयगढमापनि जित्यो, उपाध्यक्षमा एमाले विजयी
- ३ अछामको कमलबजार, ढकारी र बान्नीगढीमा कांग्रेस विजयी
- ४ अछामका ४६ वडाको नतिजा सार्वजनिक एमाले पहिलो स्थानमा
- ५ कमलबजारको मेयरमा काँग्रेस र उपमेयरमा एमालेका उम्मेदवार विजयी
- ६ ढकारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काग्रेस विजयी
- ७ ७६ स्थानीय तहको परिणाम सार्वजनिक, कुन पार्टीको कति जित ?
- ८ माविकाे प्रअबाट राजिनामा दिएका शाही वडा अध्यक्षमा निर्वाचित
प्रतिक्रिया दिनुहोस