Techie IT

अरिङ्गालको टोकाई बाट मंगलसेनमा १ जना घाईते


अछाममा अरिङ्गालको टोकाई बाट १ जना घाईते भएकी छ्न । जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ७ जनालिकि की कल्पना खड्कालाई अरिङ्गालले टोक्दा घाईते भएकी हुन । मंगलबार दिउसो २ बजे आफ्नै बारिमा घाँस काटिरहेको अवस्थामा उनलाई अरिङ्गालले टोक्दा घटना स्थलमै बेहोस भएकी १८ वार्षिया कल्पना खड्काको अहिले उपचारको लागी जिल्ला अस्पताल मंगलसेन ल्याई उपचार भईरहेको र उनको होस नआएको अछाम प्रहरिले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस