Techie IT

तीन वर्षको अवधीमा अछाममा ६६ जनाले आत्महत्या गरेको तथ्याँक (अडियो सहित)


विश्वमा प्रति ४० सेकेण्डमा एकजनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क सार्वजनिक भईरहेका बेला सुदूरपश्चिममा पनि आत्महत्या भयावह बन्दै गएको छ । प्रहरीको तथ्याङ्कलाई आधार मान्ने हो भने नेपालमा दैनिक १५ जना र सुदूरपश्चिममा औसतमा दैनिक दुईजनाले आत्महत्या गर्ने गरेका छन ्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले आत्महत्याको दर वर्षेनी भयावह बन्दै गएको जनाएको छ ।

प्रहरीले उपलब्ध गराएको पछिल्लो तीन वर्षको तथ्याङ्क अनुसार आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै गएको देखिन्छ । पछिल्लो तीन वर्षको अवधीमा प्रदेशका नौँ वटै जिल्लामा एक हजार चार सय १६ जनाले आत्महत्या गरेका छन ्। आर्थिक वर्ष २०७३÷७४ मा चार सय ३३ जनाले आत्महत्याका कारण मृत्युवरण गरेका छन् भने आर्थिक वर्ष २०७४÷७५ मा उक्त संख्यामा बृद्धि भई आत्महत्याका कारण चार सय ८० जनाले ज्यान गुमाका छन् । यस्तै गत आर्थिक वर्ष २०७५÷७६ मा सबैभन्दा बढि पाँच सय तीन जनाले आत्महत्या गरेको पाईएको प्रहरी प्रहरी कार्यालय दिपायलले जनाएको छ । तीन वर्षको अवधीमा आत्महत्या गरेका एक हजार चार सय १६ जना मध्ये सबैभन्दा बढि कैलालीमा पाँच सय ६४ जना रहेका छन् भने कञ्चनपुरमा चार सय ५७ जनाले आत्महत्या गरेका छन् ।

यस्तै तीन वर्षको अवधीमा अछाममा ६६ जनाले आत्महत्या गरेको तथ्याँक रहेको छ । विवाहत्तोर सम्बन्ध, सामाजिक सञ्जालको गलत प्रयोग, घरेलु हिंसा तनाव आत्महत्याका कारक तत्व रहेको पाईएको छ । आत्महत्याको दर बृद्धि हुनुमा समाज पनि कारक तत्व भएको प्रहरीले बताउँदै आएको छ । यसै बिच बयालपाटा अस्पतालका डाँ बिकास गौचनले एउटा व्यक्तिले आत्महत्या रोज्नुको पछाडी विभिन्न कारण हुने बताउनु भएको छ । डिप्रेसन जस्ता मनोरोग, दुव्र्यशनीका कारण भविष्यप्रतीको उत्साह नभएपछि र ‘मानिसले मनोभावलाई नियन्त्रण गर्न नसकेर, एक्लो जीवन बाँचिरहेको भए भावनात्मक सहारा नभएको अवस्थामा आत्महत्या गर्ने गरेको देखिएको डाँक्टर गौचनको भनाई छ । यसै बिच हामीले आत्महत्या रोकथामका बिषयमा बयालपाटा अस्पताल अछामका स्वास्थ्य सेवा निर्देशक डाँक्टर बिकास गौचनसँग कुराकानी गरेका छौ । सुनौ यो कुराकानी……..

===कुराकानी : बिकास गौचन ==


क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस


error: Content is protected !!