Techie IT

स्काभेटरले किचेर ८५ वर्षीय वृद्धको ज्यान गयो


 

संखुवासभाको खाँदबारी नगरपालिका –८ मा स्काइभेटरले किचेर एक वृद्धको मृत्यु भएको छ। स्काभेटरले किचेर खाँदबारी–८ का ८५ वर्षीय सहरबहादुर राईको मृत्यु भएको संखुवासभाका प्रहरी निरीक्षक सन्तोश राईले जानकारी दिए। स्काभेटरले किच्याएर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

राईको मनकामना अस्पताल तुम्लिङटारका आइतबार मृत्यु भएको हो। तुम्लिङटार–चेवाबेशी सडक खण्डमा काम गर्दे गरेको स्काइभेटरले वृद्धलाई किचेको थियो। प्रहरीले स्काभेटर चालक भोजपुरका टिकाराम कार्कीलाई पक्राउ गरेको छ।  thahakhabar


क्याटेगोरी : समाचार, समाज

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस