Techie IT

तुर्माखाद गाउँपालीका चालु आर्थीक बर्षमा केन्द्रिय बिद्युत प्रसारण लाईन विस्तारको तयारीमा (कुराकानी सहित)


दिनेश केशी,रेडियो बान्नीगढी

तुर्माखाद गाउँपालीकामा गत आर्थिक बर्षमा करिव ९० प्रतिशत बजेट खर्च भएको छ ।

आर्थीक बर्ष २०७५÷०७६ को कुल बजेट ५२ करोड मध्य पुजीगत तर्फको १३ करोड ९२ लाखमा १२ करोड २० लाख ९२ हजार खर्च भएको हो ।

यस्तै चालु बजेट तर्फ ३९ करोडमा ९० प्रतिसत बजेट खर्च भको छ । गत आर्थीक बर्षमा सम्पन्न भएका महत्वकांक्षी योजना मध्य स्वास्थ्य घुम्ती सिभिर, सडक निर्माण र सिचाईमा सबै भन्दा बढी बजेट खर्च भएको तुर्माखाद गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत बासुदेब भण्डारीले बताउनु भयो ।

जनतालाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरि महत्वकांक्षी योजनाहरुमा रकम खर्च गरिएको र सम्पन्न योजनाहरुमा काम सन्तोषजनक रहेको गाउँपालीकाका प्रमुख प्रसाशकीय अधिकृत भण्डारीले बताउनुभयो । कुल बजेट तर्फको १० प्रतिशत बजेट योजना कार्यन्वयननै नभएर फ्रिज गएको उहाको भनाई छ ।

गाउँपालीकाले यस आर्थिक बर्षमा बिद्युतको केन्द्रिय प्रसारण लाईन जडानको लागी बिद्युतिकरणमा सबै भन्दा बढी बजेट केन्द्रित गरेको छ । यस्तै शिक्षा स्वास्थ्य, सडकमापनी बढी बजेट केन्द्रित गरिएको प्रशासकीय अधिकृत भण्डारीले बताउनु भयो ।

यसै बिच सहकर्मी दिनेश केशीले प्रमुख प्रसाशकीय अधिकृत बासुदेब भण्डारी संग गाउँपालीको बजेटका बिषयमा कुराकानी गर्नुभएको छ ।

सुनौ यो कुराकानी
कुराकानी : बासुदेब भण्डारी


क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

प्रतिक्रिया दिनुहोस