अछाममै पहिलोपटक जयगढ बजारमा कुखुराको दाना उत्पादन उद्योग सञ्चालन

अछाम जिल्लामा पहिलो पटक कुखुराको दाना उत्पादन उद्योग सञ्चालनमा आएको छ । जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको केन्द्र जयगढ बजारमा जिल्लामै पहिलो पटक कुखुराको दाना उत्पादन उद्योग सञ्चालनमा आएको हो । बान्नीगढी जयगढ गाउँपालिकाका ५ जना युवाहरुले दाना उत्पादन उद्योग सञ्चालनमा ल्याएका हुन । युवा उद्यमीहरुले बान्नीगढी कुखुरा दाना उत्पादन उद्योग नाम दीएर सञ्चालन गरेर उत्पानको कार्यमा पनि तिब्रता दिएका छन ।

बान्नीगढी जयगढ गाउँपालिकाको ४० प्रतिशत, गैरसरकारी संस्था वाक नेपालको ४० प्रतिशत र ५ जना युवा उद्यमीको २० प्रतिशत लगानीमा उद्योग सञ्चालन गरीएको छ । वेरोजगारी युवाहरु लाई व्यावसाय बाट उद्यमी बनाउदै रोजगारी बनाउने उद्देश्यले गैरसरकारी संस्था वाक नेपाल र गाउँपालिकाको बिशेष पहल र स्थानिय युवाहरुको सक्रियतामा उद्योग सूरु गरीएको हो ।

अछाम जिल्लामा कुखुराको दाना उत्पादन उद्योग सञ्चालन नभएको हुदा कुखुरा पालन व्यावसाय जिल्लामा बढिभएकोले उद्योगको राम्रो सम्भावना भएको हुदा उद्योग सञ्चालन गरीएको उद्यमीहरुले बताएका छन । गाउँमा रोजगारी पाईएन भनेर भौतारीदै बिदेश पलाएन हुनु भन्दा स्थानिय युवाहरुले वाक नेपाल संस्था संगको समन्वयमा उद्योग सञ्चालन गर्न जागरुक भएको बताएका छन ।

उद्योग सञ्चालन गर्न बिशेष गरी वाक नेपालले युवाहरु लाई रोजगारी सृजना गरेर उद्यमी बनाउने उद्देश्यले बिभिन्न तालीमहरु प्रदान गरेर युवाहरु गाउँपालिका र युवाहरु संग समन्वय गरेर काम अगाडी बढाएको हो । लामो संघ्रस र प्रयाशले गर्दा अछाममै पहिलो पटक कुखुरा दाना उत्पादन उद्योग सञ्चालन गर्न सफल भएको वाक नेपाल युवा शसक्तिकरण बुलगारी परियोजनाका बिकास सुपरिवेक्षक माहादेव ओझाले जानकारी गराउनुभयो ।

उहाले युवाहरुको जोश जागर र केही गर्ने आत्म विश्वासका साथै गाउँपालिकाको सहयोगले रातदिन खटेर उद्योग सञ्चालन गरीएको बताउनुभयो । उद्योग सञ्चालन गरेर बुधबार गाउँपालिका जनप्रतिनिधी र वाकका प्रतिनिधी, युवा उद्यमी र सरोकारवाहरुले हिजो उद्घाटन समेत गरी सकेका छन ।

उद्योगको उद्घाटन गर्दै गाउँपालिका उपाध्यक्ष लोक बहादुर साउदले युवाहरुको सक्रियतामा जिल्लामा पहिलो पटक उद्योगको स्थापना गर्न सफल भएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले उद्योग स्थापना गरीसकेपछि व्यावसाय बाट जिल्लामै सफल उद्यमी बन्नु पर्ने कुरामा जोड दिनुभयो । साथै उहाँले गाउँपालिकाले युवाहरुका क्षेत्रमा धेरै क्रियाकलापहरु सञ्चालन गर्दै आएको र कुखुराको दाना उत्पादन उद्योगमा संलग्न युवाहरु लाई पनि बिशेष रुपले हेर्ने बताउनुभएको छ ।साथै उहाँले आफु प्रदेश सरकार र केन्द्र सरकार संग पनि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

यसैबिच कार्यक्रममा बोल्दै वडा नम्वर ६ दर्नाका वडा अध्यक्ष कृष्ण बहादुर कडायतले युवाहरुको जोस जागर देखेर आफु निकै उतसाहीतभएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले आफु र वडा कार्यलय सहयोग गर्न तयार रहेको भन्द वडा कार्यलयले सहयोग गर्ने घोषणा पनि गर्नुभएको छ । यस्तै वडा नम्वर ३ बर्दादेविका वडा अध्यक्ष कुल बहादुर सेट्टीले पनि युवाहरुको क्षेत्रमा आफु पनि सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाउदै आप्नो वडा कार्यलयले पनि सक्दो सहयोग गर्ने जानकारी गराउनुभएको छ ।

युवा उद्यमी मध्यका एक देबेन्द्र थापाले आफुहरुले धेरै मेहनेत गरेर काम थाल्दा सफल भएको प्रतिक्रया दिएका छन । यो काममा सहयोग गर्ने सबै लाई उहाँले धन्यवाद समेत दिएका छन । यस्तै उहाँले कुखुराको चारो बाहीर बाट ल्याए पछी निकै महंगो पढ्ने भएकाले सस्तोमा कुखरुाको चारो लीनको लागी जिल्लाका व्यापारिहरु आउनेमा आसाबादी भएको बताएका छन ।
यस्तै अर्का उद्यमी कबिता साउदले उद्योग स्थापना गरीकेपछि आफुहरुले सोचेको सपना पुरा भएको भन्दै खुसी व्यक्त गर्नुभयो । साथै उहाँले उत्पादन गरेको चारोले कतै बजार नपाउने होकी भन्ने चिन्ताले सताएको बताउनुभएको छ ।

वाक नेपालले पनि युवाहरु लाई निरन्तर रुपमा साथ सहयोग गर्दै सफल उद्यमी बनाउनको लागी पहल गर्ने जनाएको छ । उद्योग सञ्चालनमा आएर कुखुराको दाना समेत उत्पादन गर्न सुरु भईसकेको छ । यसलाई निरन्तर रुपमा सञ्चालन गरेर जिल्लामै नमुना उद्योग बनाउनु पर्ने सरोकारवाहरुले सुझाब दिएका छन । घरेलु तथा साना उद्योग विकास समिति अछाम, बान्नीगढी जयगढ गाउँ पालिकामा व्यवसाय दर्ता कार्य सम्पन्न भइसके छ । साथै खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट दानाको नमूना परीक्षण पास भई स्विकृति प्राप्त भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker