अछाममा नगरपालिकाको कार्यालयमा बम बिष्फोट

होम साउद अछाम
बिप्लव समुहले अछामको कमलबजार नगरपालिकामा बम बिष्फाेट गरायकाे छ ।
आज राति पौने १ बजे नगरपालिका कार्यालयमा बम बिष्फाेट गरायकाे अछाम प्रहरीले जनाएको छ । बिष्फाेटबाट ठुलाे क्षती नभएको अछामका प्रहरी प्रमुख (डियसपि) जनकबहादुर शाहीले जानकारि दिनुभयो ।
प्रेशरकुकुर बम नगरपालिका कार्यालयकाे ढाेकामा राखेर तार बिच्छ्याई अलि टाढाबाट बिष्फाेट गरायकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर बिष्टले बताउनुभयाे । बम कसले बिष्फाेट गरायकाे हाे भन्ने कुनै सङ्केत नरहेको र जिम्मेवारी पनि अहिलेसम्म कसैले नलिएको बताएको छ ।
बिस्फोट बारे छानबिनका लागि सम्बन्धित निकायको समन्वयमा प्रक्रिया अघि बढाईने बिष्टले जानकारी दिनुभयो । यस अघि भाद्र २९ गते रामारोशन गाउपालिका अध्यक्ष झंकर साउदलाई लक्षित गरि निवासमै अग्यात समुहले गाेलि प्रहार गरेकाे थियाे ।
नगरपालिका कार्यालयमै बम बिष्फाेट भएपछि थप असुरक्षाकाे त्रास फैलिएको छ ।