संविधान दिवस अछाममा पनी बिभिन्न कार्यक्रम गरि भब्य रुपमा मनाईयो 

जयगढको देवल बजारमा देउडा गायन प्रतियोगीता सम्पन्न

 

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ अछाममा भब्य रुपमा मनाईयको छ ।

सदरमुकाम मंगलसेनमा जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुवरको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै कुवरले बृहत् उपस्थिति सहित कार्यक्रम गर्न नसकेतापनि आगामि वर्ष सबै क्षेत्र समुदायको उपस्थितिमा संविधान दिवस मनाउने प्रतिबद्धता ब्याक्त गर्नुभयो । कानुन निर्माण, संविधान कार्यान्वयनमा बितेका ३ वर्ष सन्तोषजनक रहेको भन्दै संविधानलाई प्रभावकारी कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले संविधान हाम्रो रिति रिवाज, चालचलन, सहमति, सहकार्य र एकताको दस्तावेज भएको भन्दै संविधानले नै सार्बभौमसत्ता सप्पन्न नेपाली बनायको बताउनुभयो । संविधान भनेको आफ्नो आफ्नो अधिकार र कर्तव्य महसुस गर्ने, प्रयोग गर्ने र कार्यान्वयन गर्ने कुरा भएको बोहराको भनाइ थियो । अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले संविधान भनेको सर्वोच्च कानुन भएको भन्दै यसलाई शासक र आम नागरिकले अपनाउनु पर्ने बाध्यता रहेको बताउनुभयो । तिनै तहका सरकार नेपालको संविधान अनुसार अघि बढरहेको उल्लेख गर्दै सबैलाई संविधानप्रति अपनत्वको भावना जागरण गराउनुपर्ने उल्लेख गर्नुभयो ।

नेकपाका जिल्ला सचिवालय सदस्य चन्द्रबहादुर बोहराले नेपालको संविधान २०७२, जनताद्वारा लेखिएको पहिलो र एतिहासिक संविधान भएको बताउदै सबै ईमान्दार बनेर संविधान कार्यान्वयन गरेमा सुखि नेपाल र समृद्ध नेपालिको नारम सार्थक हुने उल्लेख गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका तेजबहादुर बिष्टले संविधानमा उल्लेखित मौलिक हकका कानुन निर्माण र कार्यान्वयनमा जोड दिनुभयो ।

यस्तै कार्यक्रममा अछाम क्याम्पसका क्याम्पस प्रमुख छत्रबहादुर बिष्ट, जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगाना, नेपाल रेडक्रस सोसाईटि अछामका अध्यक्ष रत्नप्रसाद ढुंगाना, पत्रकार महासंघका प्रदेश सदस्य पुष्पराज भट्ट, बक्तित्वकला प्रतियोगितामा प्रथम स्तान हासिल गर्न सफल प्रमिला ढुंगानाले मन्तब्य राख्नुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावलले स्वागत मन्तव्य राख्नुभएको समारोहको संचालक मंगलसो नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत लोकबहादुर शाहिले गर्नुभएको थियो ।  दिवसको अवसरमा त्यसअघि र्या्लि सहित बजार परिक्रमा समेत गरिएको थियो ।

यसै बान्नीगढी जयगढ गाउँपालीकाको देवल बजारमा संबिधान दिवशको अवसरमा देउडा गायन प्रतियागीता सम्पन्न भएको छ । बान्नीगढी जयगढ गाउँपालीको आर्थीक सहयोग र अन्तर्रपार्टी महिला सन्जाल जयगढको आयोजनामा देउडा गायन प्रतियोगीता कार्यक्रम गरिएको हो । देउडा गायन प्रतियोगीतामा सबै प्रतियागीहरुले नेपालको संबिधान, जातीय छुवाछुत, लैगिंक हिंसा, लगातका बिषयमा देउडा गायन प्रतियागीता भएको हो । वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर सेट्टीले मयन बत्ती बाल्दै कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

धनराज साउँद

साउँद रेडियो बान्नीगढिको कार्यकारी निर्देशकका साथै बान्नीगढि टुडेको प्रकाशक हुन् । उनले राजनितिक र सामाजिक बिषयमा कलम चलाउछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker