पालिका स्तरिय भलिवल प्रतियोगीता जयगढमा सुरु

पालिका स्तरिय भलिवल प्रतियोगीता जयगढमा सुरु भएको छ । बर्दादेवी युवा क्लव जयगढको आयोजनमा पालिका स्तरीय भलिवल प्रतियोगीता शनिवारदेखी सुरु भएको हो ।

युवा क्लवका अध्यक्ष पदम साउदको अध्यक्षतामा भएको उद्घघाटन समारोहमा गाउपालिकाका कार्यवाहक अध्यक्ष नेत्र साउद प्रमुख अथिति रहनु भएको थियो । भने वडा अध्यक्ष कुल बहादुर शेट्टि बिशिष्ट अथिति रहनु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति कार्यवाहक अध्यक्ष साउँदले स्वस्थ रहनका लागी खेलकुद अपरिहार्य हुनेमा जोड दिनुभयो ।

बर्षेनी जयगढमा सँचालन हुदै आएको भलिवल प्रतियोगीतालाई निरन्तरता दिदै यस बर्ष पनि भलिवल प्रतियोगीता सँचालन गरिएकोमा कार्यवाहक साउँदले खुसी व्यक्त गर्नु भएको छ । खेलकुद प्रतियोगीतालाई मर्यादित ढँगबाट सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका बिभिन्न वडाका वडा अध्यक्ष जनप्रतिनिधि नेकपाका गाउँपालिका अध्यक्ष तरुण खड्का,नेपाली काँग्रेसका कृष्णराज शर्मा लगायतको सहभागीता रहेको थियो ।

प्रतियोगीतामा जिल्लाका २३ वटा भलिभल टिमले सहभागीता जनाएका छन । प्रतियोगीतामा प्रथम पुरस्कार ७० हजार १ सय, द्वितिय पुरस्कार ५१हजार ,तृतिय पुरस्कार ३१ हजार र शान्तवना पुरस्कार १० हजारको व्यवस्था गरिएको छ । राकेश साउँदले स्वागत गर्नु भएको उद्धघाट्न समारोहको सँचालन क्लवका सचिव सुन्दर ठकुल्लाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker