अछाममा भालुको आक्रमणबाट एक जना घाईते

अछाममा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् ।
जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ८ डुङला बस्ने सर्जने चलाउनेका १६ वर्षीय छोरा रन चलाउने घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
शनिबार घर लिपपोत गर्न माटो ल्याउन घर देखि टाढाको जंगलमा गएका उनलाई जंगली जनावर भालुले आक्रमण गर्दा उनको टाउको, अनुहार र दाहिने हातमा चोट लागेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी हवल्दार कृष्ण धामीको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइते चलाउनेको उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल अछाम लगिएको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय, हेडलाईन


धेरै पढिएका
ताजा अपडेट
- १ टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्यो
- २ हेल्मेटभित्र १८ लाख रुपैयाँ लुकाएर नेपाल आउँदै गरेका दुई भारतीय नागरिक पक्राउ
- ३ अछाम रेशम तिमिल्सैना हत्या प्रकरण : अभियुक्त शाही विरुद्ध जन्मकैदको फैसला
- ४ ढकारी गाउँपालिकामा चिउरी प्रसोधन केन्द्र संचालनमा
- ५ संसदीय दलको नेता चयनसँगै नयाँ सरकार गठनको कसरत, प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको होड
- ६ अछामका १० स्थानीय तहका ४० मुद्धा अख्तियारमा
- ७ प्रतिनिधिसभाका २७४ सांसदको सपथ आज
- ८ घाँटीमा मासु अड्किएर दैलेखमा १ जनाकाे ज्यान गयाे
प्रतिक्रिया दिनुहोस