अवान्छित गतिविधि हुन नदिन जयगढ प्रहरी सक्रिय : ईन्चार्ज सिँह

बिजय दशमी तथा शुभ दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रम प्रहरी चौकि जयगढमा सम्पन्न भएको छ ।
प्रहरी चौकि जयगढको आयोजनानमा शुभकामना आदानप्रदान तथा सहभोज कार्यक्रम सम्पन्न भएको हो ।
दशै तथा दिपावलीमा अवान्छित क्रियाकलाप हुन नदिन नागरीक र प्रहरीबिच आपसी समझदारी र सहकार्य गर्न शुभकामना आदानप्रदान तथा सहभोज कार्यक्रम आयोजना गरिएको बताईएको छ ।
दशै तथा दिपावलीमा हुने सक्ने बिभिन्न अवान्छीत क्रियाकलाप हुन नदिन जयगढ प्रहरी सक्रिय रहेको प्रहरी चौकि जयगढका ईन्चार्ज तथा प्रहरी सहायक निरिक्षक हर्क बहादुर सिँहले बताउनु भएको छ ।
स्थानीय सरोकारवाला तथा सर्वसाधारणको सहयोग बिना प्रहरी एक्लैले मात्र केहि गर्न नसक्ने बताउदै ईन्चार्ज सिँहले समाजमा शान्ती कायम गर्न प्रहरीलाई स्थानीयको साथको आवश्यकता पर्नेमा जोड दिनुभयो ।
आफु नजिकै तथा समाजमा कुनै पनि अपराधीक क्रियाकलाप भएमा तुरुन्त जयगढ प्रहरी चौकि तथा १०० मा फोन गरी जानकारी गराउन समेत प्रहरी चौकि ईन्चार्ज सिँहले आग्रह गर्नु भएको छ ।
कार्यक्रममा यस क्षेत्रका राजनितिज्ञ,व्यापारी लगायत सरोकारवालको सहभागीता रहेको थियो ।
क्याटेगोरी : समाचार, स्थानीय, हेडलाईन
धेरै पढिएका
ताजा अपडेट
- १ मेल्लेखको समृद्धिका लागी यस्ता छन् गाउँपालिका अध्यक्ष साउँदका योजना (कुराकानी सहित)
- २ डोटीमा खोलाले बगाएर बेपत्ता भएकी बालिकाको शव फेला
- ३ बैतडीमा ३५ सय बढी उद्योग दर्ता
- ४ कैलालीका उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च
- ५ कैलालीको टीकापुर नगरपालिकामा चालु आर्थिक वर्षका योजना कार्यान्वयन सुरु
- ६ आज साउन महिनाको अन्तिम सोमवार, शिवालयमा दर्शनार्थीको भिड
- ७ अछामका रणनीतिक सडक निर्माणमा करिव १९ करोड वजेट विनियोजित
- ८ विपद् जोखिम व्यवस्थापन तथा स्थानियकरण सम्बन्धी ३ दिने तालिमको कमलबजारमा उद्धघाटन
प्रतिक्रिया दिनुहोस