६४ औं प्रहरी दिवसको अवसरमा विशेष कार्यक्रम अछाममा सम्पन्न

६४ औं प्रहरी दिवसको अवसरमा प्रहरी दिवस विशेष कार्यक्रम जिल्ला प्रहरी कार्यालय अछाममा सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा कार्यक्रम भएको हो ।

अछामका प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसैन नगरपालिकाका नगरप्रमुख पदमबहादुर बोहरा रहनुभयको थियो । प्रमुख अतिथि बोहराले प्रहरी संगठनमा कार्यरत कर्मचारीहरु निबृत्त भैसकेपछि पनि उचित सम्मान हुन नसकेको र कार्यरत रहदाका बखत पनि सुविधासम्पन्न बनाइनुपर्नेमा जोड दिनुभयो । समाज निर्माणका लागि सबै जिम्मेवार हुनुपर्ने भन्दै अरु कसैले यो ठाउँको निर्माण नगरिदिने बोहराको भनाइ थियो । कसको जिम्मेवारी के हो भन्ने दायित्व बोध गरेर काम गरेमा मात्रै देश निर्माण हुनसक्ने बोहराले बताउनुभयो । वर्तमान अवस्थामा प्रहरी बिनाको समाज र समाज बिनाको प्रहरी हुन नसक्ने मेयर बोहराको भनाइ छ ।


कार्यक्रमका बिशिस्ट अतिथि साफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुवरले अछामको भुगोल, जनसंख्या र समग्र अवसथालाइ हेर्दा प्रहरिको दरबन्दी कमि भएको भन्दै विभिन्न अभावका बावजुत पनि शान्ति सुरक्षा कायम गर्नमा प्रहरीले राम्रो काम गरिरहेको बताउनुभयो । नागरिक स्तरबाट पनि अधिकारको खोजि संगै कर्तब्य पालनमा पनि जिम्मेवार हुनुपर्ने कुवरको भनाइ छ । उहाले शान्तिसुरक्षाका हिसावमा अछाम प्रहरीले खेलेको भुमिकाको लागि धन्यवाद समेत ब्याक्त गर्नुभयो ।

यस्तै कमलबजार नगर उपप्रमुख भुमिशरण ढकाल बजगाइले चाडपर्व समेत नभनी नागरिक सेवामा समर्पित रहेका प्रहरीले शान्ति सुरक्षाका लागि अहम भुमिका रहेकोमा जोड दिनुभयो ।
यस्तै जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक जनकबहादुर शाहिले संगठन प्रमुख प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालको शुभकामना सन्देश सहितको सांगठनिक शुभकामना मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला सचिवालय सदस्य चन्द्र बोहरा, नेपाली काँग्रेस जिल्ला उपसभापति चन्द्रप्रसाद ढुंगाना, राष्ट्रिय प्रजातन्त्र पार्टीका तेजबहादुर बिष्ट, अन्तरपार्टि महिलन सञ्जालका अध्यक्ष बिन्दु रावल, सबै वडा अध्यक्षको तर्फबाट मंगलसैन नगरपालिका ६ का वडा अध्यक्ष जनकराज भण्डारी, पत्रकार महासंघका सचिव होमबहादुर साउदले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्यसम्पादनमा उत्कृष्ट रहन सफल विभिन्न तहका प्रहरी कर्मचारीलाई सम्मान समेत गरिएको थियो । सम्मानित तथा पुरस्कार प्राप्त गर्नेमा प्रहरि नायव निरिक्षक कृष्ण राज पन्त र परमानन्द जोशि, प्रहरी सहायक निरिक्षक सिताराम ओझा, प्रहरी हवल्दार हवल्दार सुरेन्द्र बहादुर चन्द, सागरबहादुर खड्का, कृष्णबहादुर चन्द प्रहरी जवान गणेश मल्ल, लक्ष्मिराज जोशि र अमर धामीलाई नगद पुरस्कार सहित सम्मानित गरिएको हो ।

अस्थायी प्रहरी पोष्ट बेलखेतका लागि ९ लाख रुपैयाँ पर्ने जग्गा निशुल्क दान गरेर सहयोग गर्ने पञ्चदेवल बिनायक नगरपालिका ४ अछामका डम्मरबहादुर शाहिलाई कदरपत्र र दोसल्ला सहित सम्मानित समेत गरिएको थियो । प्रहरी निरिक्षक रमेशदत्त अवस्थिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको सञ्चालन प्रहरी सहायक निरिक्षक जितेन्द्र सिंह धामीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker